कोरोनाको सफल उपचार गरेका डा पोखरेल भन्छन्, ‘खुशीको सीमा छैन’

जमुनावर्षा शर्मा । चिप्लेढुंगा । ‘कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा, जस कम र अपजस बढी हुने पेशा हो । सन्तुिष्टका पल भेटिन्छन् । पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा अल्झिन दिदैँन ।’ यी अनुभूति धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हुन् । चिकित्सक पेशाको १५ वर्षीय दौडानमा …

बन्दाबन्दीले नेपालगन्जमा वातावरण सुधार अभियान प्रभावित

बाँके । बन्दाबन्दीका कारण नेपालगन्जमा सञ्चालित वातावरण सुधार अभियान प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान शुुरु गरिए पनि कोभिड–१९ को संक्रमणपछि जारी बन्दाबन्दीले अभियानको कार्यक्रम रोकिएको हो । ‘आउँदो चार वर्षभित्र नेपालगन्जलाई हरियालीयुक्त शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य …

दैलेखमा रोकिए कालीकोट, जुम्ला र मुगु जान हिँडेका बस

सुर्खेत । कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ । सुर्खेत, नेपालगन्ज र काठमाडौँबाट आएका बसमा यात्रुको विवरण नभएपछि बस रोकिएका हुन् । ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी …

नेकपाका केन्द्रीय सदस्यले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा केन्द्रीय सदस्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त पेश गर्दै आचार्यले ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका हुन् । पार्टी फुटाउन सजिलो हुनेगरी राजनीतिक दल सम्बन्धी …

भारतीयमा कोरोना संक्रमण देखिएपछि बर्दियाका दुई गाउँ शील

बर्दिया । कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शील गरिएको छ । नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहिबार कोरोना संक्रमण पुष्टि भएका सुजनपुरका एक युवाको भाई केही दिनअघि भारतबाटै घर आएको थाहा भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ शील …

दशगजा क्वारेन्टाइनका १८१ जना घर फर्किए

बाँके । बाँकेको जमुनाहस्थित दशगजा नजिक अस्थायी क्वारेन्टाइनमा रहेका १८१ जनालाई आज घर पठाइएको छ । नेपाल–भारत नाका बन्द भएपछि भारतका विभिन्न स्थानबाट नेपाल आइपुगेका उनीहरुलाई कोरोना संक्रमणको जोखिमका कारण नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाको जमुनाहस्थित दशगजा नजिक अस्थायी क्वारेन्टाइनमा राखिएको थियो । बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले गृह मन्त्रालयसँगको समन्वयमा …

दुखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

बाँके । सुनसरीका ताङचुक बासुक मियाँ कर्णाली प्रदेश राजधानी सुर्खेतमा मजदुरी गर्थे । तीन महिनाअघि काम खोज्दै सुर्खेत पुगेका उनी लकडाउनपछि १५ दिन बिना काम बसे । पछि भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे । उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानको लागि पासमात्रै बनाएर गाडीमा हालिदियो । प्रहरीकै सहयोगमा …

वैशाख १५ गतेसम्म लकडाउन, भारतमा सामान्य नहुँदासम्म सीमा नाका बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले …

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ दिनअघि बेलायतबाट आएका तीन जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हिजोमात्रै अस्पताल भर्ना गरिएको थियो । अपार्टमेन्टमा बस्दै आएका …

एकसाता लम्बिँदै ‘लकडाउन’

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलरबार बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठकले अरू नियमित प्रस्तावमाथि पनि छलफल गर्नेछ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ । मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले …