मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गर्नुभएको छ । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका(१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गर्नुभएको हो । …

गण्डकी सरकारको पहिलो कार्यकालमै फेवतालका समस्या समाधान हुन्छ ः मुख्यमन्त्री गुरुङ

अन्तराष्ट्रिय पर्यटन दिवस २०७७ को अवसरमा  पर्यटनलाइ उकास्न गण्डकी प्रदेश सरकारको भुमिकाका विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग गरिएको कुराकानीका केहि अंश….. कोभिड १९ का कारण थलिएको पर्यटनमा पुर्न जीवन दिन के गर्नुपर्छ ? केहि नयाँ तरिका सोच्नु भएको छ ? पर्यटन कोभिड १९ को कारणले सबैभन्दा प्रभावित क्षेत्र भनेको पर्यटन हो । …

कोरोनाको कहर : पाठ सिकाईको अनुभुति !

 पोखरा : यतिबेला बिश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) तथा कोरोना भाइरसले बिश्व तहस नहस भइरहेको छ । र नेपाल पनि त्यसको चपेटामा परेको छ। २ महिना भन्दा बढिको समय नेपाल लकडाउनमा नेपाल गुज्रीरहेको छ। यो बिचमा मानिसको दैनिक जीवन कष्टकर बन्दै गइरहेको छ भने अर्को तिर आर्थिक मन्दि पनि झन् भन्दा …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …

आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।   कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने …

आजको पत्रपत्रिका

मेलम्चीको पानी आउन अझै डेढ वर्ष लाग्ने :गोरखापत्र दैनिकले सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन अझै डेढ वर्ष लाग्ने पूर्वानुमान गरेको छ । गोरखापत्र लेख्छ, ‘काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।’ नेपाल समाचारपत्र …

आजका पत्रपत्रिका: गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै भ्रष्टाचार मुद्दा दर्ता

शनिबारीय सामग्रीका साथ बजारमा आएका आजका अधिकांश दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा अनियमितता र बेथिति परेको छ । यद्यपि, केही दैनिक पत्रिकामा आशाको सञ्चार गराउने सकारात्मक खबर पनि छन् । कान्तिपुरले ‘चेपुवामा साना’ शीर्षक दिएर पृथ्वी राजमार्गको ट्राफिक अव्यवस्था र त्यसले निम्त्याएको दुर्घटनाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, नियमविपरीत …