संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुनेछु ःसंचारमन्त्री गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सार्नु भयो । …

कोरोना कहरकाबीच एभरेस्ट आवाज डटकम सञ्चालनमा

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को कहरकाबीच पोखराबाट एभरेस्ट आवाज डटकम (भखभचभकतबधबव।अयm) सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट आवाज डटकम शनिबारदेखि संचालनमा आएको हो । सञ्चारकर्ममा २ दशक अनुभव संगालेका पोखराका अग्रज सञ्चारकर्मीहरुले पोखरेली युवा उद्यमी तथा महिला उद्यमीहरुसँगको सहकार्यमा मिडिया हाउस सञ्चालन शुरु गरेका …

लिम्पियाधुरा समेतको भूभाग तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारी

काठमाडौं, २ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ । मन्त्रालयले आज शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिनुभएको हो …

नेपालमा भारतीय समाचार च्यानल बन्द

काठमाडौँ, असार २६ गते । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण …

भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय

काठमाडौँ, असार २५ गते । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन …

पत्रकारलाई सेवाबाट निष्काशन नगर्न महासंघको आग्रह

काठमाडौं, असार ३  नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ। महासंघको मंगलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि  विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।  कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढंगले …

कोरोना परीक्षण गर्न निजी प्रयोगशालालाई अनुमति

काठमाडौं । सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड–१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी अनुमति दिएको छ । सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण …

एक सातामै भेरी अस्पतालको कोरोना प्रयोगशालामा सामग्री अभाव

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर)मा शङ्कास्पद बिरामीको स्वाब नमूना सङ्कलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाशबहादुर थापाले जानकारी दिए । आइसोलेशन अस्पतालमा रहेका …

क्षमा माग्दै रेडियो नेपालले हटायो अनलाइनबाट पूर्वप्रधानमन्त्रीको अन्तर्वार्ता

काठमाडौं । रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता अनलाइनबाट हटाएको छ । रेडियो नेपालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचनासहित डा.बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता हटाएको जानकारी गराएको हो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवाद अन्तरगत सोमबार …

ट्वीट डिलिट गर्न किन बाध्य भए ट्रम्प ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ट्वीटर अति प्रिय माध्यमका रुपमा रहँदै आएको छ । आफ्ना महत्वपूर्ण घोषणा, योजना तथा रणनीतिहरु यही माध्यमबाट प्रस्तुत गर्छन् । त्योभन्दा बढी आफ्ना आलोचक तथा विपक्षी विरुद्धका टिप्पणीका लागि ट्रम्पले ट्वीटरलाई प्रयोग गर्ने गरेका छन् । ट्रम्पको सबैभन्दा ठूलो ‘शत्रु’ सञ्चारमाध्यम र पत्रकार …