चौरजहारी घटनाको छानविन गर्न एसएसपीको टोली घटनास्थलमा

बाँके । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि तीन जनाको मृत्यु र तीन जना बेपत्ता प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले पक्राउ परेका १२ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए । …

कमिसन नपाएपछि सवइन्जिनियरले व्यावसायी कुटे

गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा योजना निर्माणका क्रममा आफुलाई काम नदिएको भन्दै गाउँपालिका सव इन्जिनियरले निर्माण व्यवसायी माथि गम्भीर घाइते हुनेगरि कुटपिट गरेका छन् । भीमसेन थापा गाउँपालिकाका सव–इन्जिनियर भरत भट्टले निर्माण व्यवसायी नवराज लामिछाने माथि बिहिबार सार्वजनिक स्थलमै गम्भीर घाइते हुनेगरि कुटपिट गरेका हुन् । घाइते लामिछानेको टाउकोमा गम्भीर …

बालकको कङ्काल भेटियो

रोल्पा । सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष …

नेपालगन्जको कमला मिडिसिनमा किन गरियो शीलबन्दी ?

बाँके । कोरोना संक्रमणका बेला सरकारलाई निशुल्करुपमा उपलब्ध गराएको ह्याण्ड सेनेटाइजर विक्री गरेपछि नेपालगन्जस्थित कमला मेडिसिनलाई शीलबन्दी गरिएको छ । एसआर नामक ड्रग कम्पनीले निशुल्करुपमा उपलब्ध गराएको सेनेटाइजर कमला मिडिसिनले विक्री वितरण गरेको पाइएपछि प्रहरीले छापा मारेको छ । कमला मिडिसिनले एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई …

लकडाउनमा गाउँ तास र मदिरामा मस्त

दैलेख । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा …

किशोरीमाथि सामूहिक बलात्कार

कैलाली । कैलालीमा एक किशोरी सामूहिकरूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका …

पासवर्ड चोरेर कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी

कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै कर्मचारीको पासवर्ड प्रयोग गरेर चोरी भएको छ । रहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्ड मार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो । बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग …

पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलिले पोखरा २ बसपार्क क्षेत्रबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थान बस्ने २६ वर्षिया रचना गिरी र ३८ वर्षिय बिमल लामा रहेको जनाएको छ । पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारि राखेको ब्राउन सुगरका …

भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ

भारतीय प्रहरीले देशका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ। सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो। दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। अभियोग उनका छोरा समेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक …

रवि लामिछानेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती

पत्रकार रवि लामिछाने सहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराएको थियो । प्रहरीले अनुसन्धानका …