अल्ट्रालाइटबाट नियाल्दा , ’वाउ ’ पोखरा

काठमाडौबाट पोखरा अल्ट्रालाइट उडानकै लागी आउनु भएका थपाथलीका निश्चल रिजाल अल्ट्रालाइटको मजा एकपटक सबैले लिनुपर्ने बताउनु हुन्छ । शुक्रवार साँझ पोखरा आउनु भएका रिजाल सनिवार पोखराको आकाशमा अल्ट्रालाइटबाट नियाल्दा वास्तविक सुन्दरता थाहा भएको बताउनु भयो ।

“हिजो साँझ आए, अहिले उडिसकेर काठमाडौ फर्कदै छु, शुरुमा उडन लाग्दा हल्का डर जस्तो उडिसकेर पोखराको दृश्यावलोकन लाइ माथीबाट नियाल्दै निकै आनन्द लाग्यो, । ’वाउ ’ पोखरा कति सुन्दर छ ,। उहाँले भन्नु भयो, मेरो पनि घर पोखरामा भएको भए, । रिजालले भन्नु भयो । रिजाल जस्तै अल्ट्रालाइट उडने हर कोहिले पोखराको सुन्दतरतालाइ तारिफ नगरी बस्न सक्दैनन् ।

पोखरामा थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले विशेष सहुलियत दिएर साहसिक खेल ’अल्ट्रालाइट’ ५० प्रतिशत छुटका साथ सञ्चालनमा आएको छ । कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल केहि दिन अगाडीबाट संचालनमा ल्याएको पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले जानकारी दिनु भयो । स्वदेशी पर्यटकलाइ चलायमान बनाउने प्रयास गरेका छौ, यसले पर्यटनमा इट्टा थप्ने काम गर्ला भन्ने विश्वास छ, ।

उहाँले यस अगाडी ९ हजार शुल्क लाग्ने अल्ट्रालाइटले अहिले भने ५५ सय रुपैयाँमा उडान सेवा दिइरहेको बताउनु भयो । लगभग ५० प्रतिशत छुट दिएका छौ, आन्तरिक पर्यटकलाइ जोड दिएका हौ, केहि काठमाडौ र धेरै पोखरा बाट विद्यार्थीहरु बढि मात्रामा आउनु भएको छ,। पहिला शुल्क मह्गो भएकोले होला स्वदेशी भन्दा विदेशी बढि आउने गरेका थिए भने अहिले स्वदेशीका लागी नाफा कमाउने उदेश्य नलिइकन सहुलियत दिएको श्रेष्ठले बताउनु भयो । उहाँले पोखराका अल्ट्रालाइटहरुले विशेष छुट दिइरहेको बेला इच्छुकहरुले यसको शयर गरि आग्रह गर्नु भयो ।

“यो पुर्णरुपमा सुरक्षित छ, इच्छुक सबैले यसको अनुभव लिन सक्न ुहुन्छ, यसरी विशेष छुट दिइरहेको बेला पोख्रेलीले आफनो घरदैलोमा भएको अल्ट्रालाइटको मजा लिनु हुन आग्रह पनि गर्छु,। श्रेष्ठले भन्नु भयो । श्रेष्ठका अनुसार पोखरामा ४ वटा अल्ट्रालाइट कम्पनी छन् । कोरोनाको महामारी भन्दा पहिला दिनमा १५ देखि २० जना उडने गरेपनि अहिले भने दिनमा ५,६ जना उडने गर्छन् । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान गर्ने गरेको बताउनु भयो ।

पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट पोखराको आकाशमा हिामलको सुन्दर दृश्यावलोकन, सराङकोट, पोखरा फेवताल, स्तुफा लगायत पोखराका रमणिय दृश्यावलोक गराइ सोही ठाउँमा ल्याएर अवतरण गरिने श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मितिः बिहिबार, मंसिर ११, २०७७     9:38:24 AM

Tara Chapagain

See all posts by