पोखरेली शान जेठोबुढो धानको मुल्य तोकियो

पोखरेली मसिनो र वास्नादार जेठोबुढो धानको मुल्य प्रति क्विन्टल ९ हजार रुपैया तोकिएको छ । सरकारले केन्द्रीयस्तरमा बर्षेनि मोटा र मध्यम धानको मूल्य तोके पनि स्थानीयस्तरमा भने पहिलेपटक वास्नादार धानको मूल्य तोकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका जानकारी दिनु भयो ।

“पोखराको शान र पहिचानसँग जोडिएको वास्नादार जेठोबुडो र किसान नठगिउन् भन्नकै लागि पहिलोपटक मूल्य तोकिएको हो, उहाँको भनाइ छ । १ मुरी धानको कम्तीमा ४ हजार ५ सय रुपैयाँ भएकोले किसानले १ क्विन्टलमा २ मुरी हुने भएकाले ९ हजार पाउनेछन्, पोखरा महानगरपालिकाको आयोजनामा सरोकारवालावीच भएको मंगलवार छलफलबाट धानको न्युनतम मुल्य निर्धारण गरिएको हो । उहाँले भन्नु भयो ।

कडहरियाका अनुसार स्थानीयस्तरमा क्विन्टलभन्दा पनि मुरीका आधारमा धान किनबेच हुने भएकोले सामान्यतया किसानले १ मुरी धानको कम्तीमा ४ हजार ५ सय रुपैयाँ र १ क्विन्टलमा २ मुरी हुनेहुदा ९ हजार पाउनेछन् । तोकिएको किसानको धान नबिकेमा महानगरले सहकारी संगको साझेदारीमा नै सहकारी मार्फत खरिदविक्री गर्ने व्यवस्था मिलाउने उहाँले जानकारी दिनु भयो । महानगरले ब्राण्डिङ,प्याकेजिङमा सहजीकरण गर्नुपर्ने उत्पादकले लागतको मुल्य पाउनुपर्ने , गुणस्तरिय बिउ व्यवस्था हुनुपर्ने, उपभोक्ताले मिसावट रहित खाना पाउनुपर्ने लगायतका माग सरोकारवालाहरुको रहेको कडरियाले बताउनु भयो ।

बैठकमा पोखरा र गण्डकी प्रदेशको भन्दै व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कास्की, बिउबिजन प्रयोगशालाका प्रतिनिधिका लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि, बिच मंगलवार सो मूल्य निर्धारण गरिएको हो । पोखरा महानगरपालिकाले जेठोबुढो धान प्रवद्र्धनकै लागि गएको वर्ष कम्तीमा ५ रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने उत्पादक किसानलाई आर्थिक सहयोग गरेको थियो । रैथाने धान, हावापानी सुहाउँदो भएकाले जेठोबुढो प्रवद्र्धनमा धेरै माग, दिगो उत्पादन हुने र यहाँको महानगरले चासो देखाएको हो ।

पोखरामा ४० प्रतिशत वास्नादार जेठोबुडो धान फल्छ भने अन्य ६० प्रतिशत छ । पोखरा र आसपासका मुख्य फाँटहरूमा पोखरेली जेठोबुढो रोप्ने गरिएकोमा केही वषदेखि हाइब्रिड धान पनि भित्रिएकाले बास्नादार धान जोगाउन महानगरले लगानी कृषकलाइ सहयोग गर्दै आएको छ । कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखराभित्र गतवर्ष १३ हजार ४ सय ४० टन धान उत्पादन भएको र यो वर्ष समय राम्रो र धान रोप्ने क्षेत्रफल पनि बढन गएकोले उत्पादन बढने अनुमान गरिएको छ ।

अन्य हाइब्रेड धान ९ मुरी फल्ने ठाउँमा जेठोबुढो ४ मुरी मात्र फल्ने र यो धान पाक्न अन्य धानहरु भन्दा ढिला हुने कडहरियाले जानकारी दिनु भयो पोखराको फेवाफाँट , बिरुवा, पामे, ठूलाखेत, कुँडहर, अर्मला, लेखनाथ आर्बा, अर्घौं, खास्टे, सिसुवा, लगायत फाँटमा जेठोबुढो धान फल्ने उहाँले बताउनु भयो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७     7:37:16 PM

Tara Chapagain

See all posts by