कृषि,पर्यटन ,उर्जा र पुर्वधार माछापुच्छ्रे गाँउपालिकाको समृद्धिको आधार

माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङसंग गाँउपालिकाको विकास र समस्याका विषयमा गोरखापत्रका लागी गरिएको कुराकानी साभार ः

तपाइ निर्वाचित भएको पनि ३ वर्ष बढि भयो, हालसम्म के कति काम गर्नु भयो ?

संघिय गणतन्त्र प्राप्ति पछिको पहिलो निर्वाचित जनप्रतिनिधी भैसकेपछि स्थानिय जनताको सेवासुविधा स्थानिय तहमै प्रदान गर्ने जुन व्यवस्थापकिय,कार्यकारिणी नयाँ भएकोले बुझदै गर्दा केहि समय खर्च भयो। कानुन निर्माण, मापदण्ड नीती निर्माण कार्यविधी बनाउनुपर्ने सुशासनका कुराहरु भए विकास निर्माणका पुर्वधारहरु समग्रलाइ शुरु गर्ने वाध्यात्मक स्थिती थियो जसका कारण धेरै समय खर्चियो जनताको अपेक्षा अनुसार काम नभएपनि निरन्तर गरिरहेकै छौ ।
गाँउपालिकामा अझै कालोपत्रे सडक पुगेको छैन् नाम चलेको गाँउपालिका विकासमा किन पछाडी ?

आठ वटा गाँउ विकास समिति मिलेर बनेको हाम्रो गाँउपालिका हो । पोखराबाट नजिक भएपनि हामी पुर्वधारका हिसाबले पछि नै छौ । कालोपत्रे नभएको पनि होइन ७ किमी बाटो कालोपत्रे थियो । हामी संरक्षण क्षेत्र भित्र छौ, संरचना बनाउदा कानुनी हिसाबले संरक्षण क्षेत्रको कारण देखाएर कालोपत्रेको काम रोकिएको थियो । बजेट स्वीकृत भएपछि पनि कोभिड लगायत विभीन्न कारणले काम हुन सकेन् । हेम्जा देखि १५ किमी र प्रदेश सरकारबाट एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत ४ किमी गरि १९ किमी कालोपत्रे सडक आर्थिक वर्षमा बन्नेछ ।

कोभिडको कारण विकास निर्माणका काममा कत्तिको असर परेको छ ? प्रतिवद्धताको कति प्रतिशत काम गरे जस्तो लाग्छ ?

प्रतिशतले नापेर त सकिन्न । तर जति गरे इमान्दार पुर्वक गरे खासै प्रतिवद्धता त गरिन् जनताको अपेक्षा १०० प्रतिशत हुन्छ हामी गर्न पनि चाहान्छौ । तर हामी संग श्रोत साधन कति छ भन्नेमा भरपर्छ । हामी संग क्षमता १० प्रतिशत भन्दा नहुन सक्छ पछिल्लो समयमा हरेक क्षेत्रमा सरकार संग जनताको यस्तै अपेक्षा छ सबैलाइ छोटो समयमा घरघरमा शिक्षा, स्वाथ्य, खानेपानी सडक,पुल चाहिएको छ । पुरा गर्न नसक्दा सरकार आलोचित भएको छ । तर हाम्रो राजश्वको दायरा नीती नियम र कानुन सबैलाइ समेटर जानु पर्दा काममा ढिला हुनु स्वभाविक हो । विकास भनेको आवश्यकता अनुसार गर्दै जाने हो । कोभिडका कारण पनि यसपटक धेरै असर गरेको छ अर्थतन्त्र ठुलो संकुचन भएको छ ।अर्थिक गतिविधी ठप्प भए उठनुपर्ने राजश्व उठन सकेन् । एकातिर कोभिडको कारण स्वाथ्यमा खर्चगर्दा संकलन रकम खर्च छ भने अर्कातिर आय संकुचन हुदा दोहोरो मारमा छौ ।

मर्दिको कटानबाट स्थानियवासी हैरान छन्, गाँउपालिकाले किन ध्यान दिन सकेन् ?

मर्दिको बाढि संग हामी चित परिचित छौ । मर्दि खानेपानीको शिर मर्दि हिमालबाट आउने खोला हो । यो कञ्चन छ निर्मल र पिउन योग्य छ । पोखराको खानेपानीको ९० प्रतिशत यहि खानेपानीले धानेको छ । खोलाको कारण केहि स्थानियलाइ असर परिरहेको छ । तल्लो तटकाले श्रोत प्रयोग गर्छन् तर माथिल्लो तटकालाइ केहि पाएका छैनौ । दशकौ भैसक्यो माछापुच्छ्रे वरिपरि बस्नेले कुनै क्षतीपुर्ति पाएका छैनन् । कुनै संरचना बनाइएको छैन् । ड्यामका कारण सिल्टेशन आउने थुप्रिने गर्दा वडा नं ५ को ठाँटी र ८ को खोरामुख वस्ति जोखिममा छन् । खोला ति वस्ती भन्दा उच्च ठाँउमा बगेको छ जसका कारण वस्ती उजाड हुने संभावना रहन सक्छ । दास्रो कुरा प्राकृतिक श्रोत साधन ढुंगा ,गिटी ,वालुवा प्रयोगमा ल्याउन सकिन्थ्यो, उत्खनन संकलन गर्न अघोषित प्रतिवन्ध छ । जसका कारण एकातिर खानेपानीका कारण वस्ती जोखिममा छ भने अर्कातिर श्रोत साधनको उपयोग बाट राजश्व संकलन गरि विकास निर्माणमा लगाउन पनि हामी वञ्चित छौ । यो समस्याको विषयमा खानेपानी संघिय सरकार अन्र्तगत हो भनेर महानगर पन्छिएको अवस्था छ । खानेपानी मन्त्री बिना मगर लाइ यि कुराहरु राखेका छौ । खानेपानी संस्थानले खानेपानीबाट करोडौ रुपिया संकलन गर्छ तर प्रभावित क्षेत्रका लागी कुनै रकम जादैन् । तल्लो तटिय क्षेत्रका लागी माथिल्लो तटिय मर्कामा परेका छन् संस्थानले सुन्छ नत सरकारले हामी प्रयासमै जुटेका छौ ।

गाँउपालिकाको आन्तरिक आय न्यून छ, आम्दानी बढाउन किन सक्नु भएन् ?
संघियताको अभ्यास गर्दै छौ, अन्य देशहरुमा स्थानिय तहले उठाएको रकम अन्य न्यून आए हुने स्थानिय तहलाइ सहयोग गरेको पाएका छौ । हाम्रोमा यो अभ्यास छैन् । स्थानिय तहसंग शिर्षक मात्र धेरै छन् । स्थानिय तहमा अधिकार भएपनि संघको अनुदानको भरमा चल्नुपर्ने हुन्छ । हामी कर बढाउन भन्दा करको दायरा बढाउन तिर लागेका छौ। हामी संग मर्दि र सेती गरि २ वटा खोला छन् । दुइवटै जलधार क्षेत्र उर्जाका निमीत्त संभावना क्षेत्र हुन् । कृषि,पर्यटन ,उर्जा र पुर्वधार माछापुच्छ्रे गाँउपालिकाको समृद्धिको आधार नारा राखेका छौ । जति जलविद्युत आयोजना बन्छन् राज्यले रोयल्टि प्राप्त गर्छ रयसको २५प्रतिशत प्रभावित गाँउपालिकाले पाउने गर्छ । त्यस हिसाबले हाम्रो १२० मेगाबाट क्षमताको विद्युत निकाल्न सक्ने अवस्था छ । यति विजुली उत्पादन भयो भने हामीले १२ देखि १५ करोड वार्षिक रुपमा पाउन सक्छौ, अहिले विद्युत उत्पादन गर्ने प्रयासहरु हुर्दैछन् । केहि प्रशोसमा छन् भने केहि शुरुवात भैसकेका छन् । अर्को हाम्रो पालिका
टुरिजमको पनि राम्रो संभावना छ । हामी संग माछापुच्छ्रे र मर्दि हिमाल छ ।
हिमाल खुल्ला गर्नसक्यौ भनेपनि प्रशस्त राजश्व प्राप्त गर्न सकिन्छ ।

माछापुच्छ्रे हिमाल आरोहण शुरु गर्ने भन्नु भएको थियो,ढिलाइ किन भैरहेको छ ?
हिमाल पर्यटनका लागी पर्वतारोहण समबन्धि नियम छ । यसमा प्रदेश रस्थानिय सरकारको भुमिका छैन् संघ सरकारलाइ घच्घच्याइरहेका छौ । यदि यो खुल्यो भने नेपालको पर्यटन क्षेत्रमा राम्रो दिशा निर्देश गर्छ रोजगारी सृजना हुन्छन् । यसलाइ खोल्न हाम्रो प्रयास जारी नै छ । एउटा मात्रै क्याविनेट बैठकले निर्णय गर्न सक्छ खै किन हो निर्णय ढिला भएको थाहा छैन् । हिमालको वरिपरि बस्ने जनताले समृद्धिको लागी हिमालको प्रयोग हुनुपर्छ ।

अन्तिममा गाँउवासीलाइ के भन्न चाहानुहुन्छ ?
गाँउवासीलाइ सर्वप्रथम त म आउदै गरेको विजयादशमीको शुभकामना दिन चाहान्छु । जो जहाँ छौ सुरक्षित बसौ संक्रमण फैलियो भने नियन्त्रण गर्न सजिलो छैन् । यसबाट बच्न यात्रा कम गर्ने भिडभाडमा नजाने स्वाथ्यका मापदण्ड पालन गर्ने सुझाव दिन चाहान्छु । हालसम्म मैले ४१ महिनामा गरेका काममा उहाँहरुले दिएको साथको लागी आभारी छु । आशा छ अबका दिनमा पनि हामीसंग भएका र बाकी कार्यकालमा प्राप्त बजेटको उच्च्तम प्रयोग गर्दै अधिकतम प्रतिफल दिने प्रतिवद्धता गर्दछु ।

प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७     6:23:17 PM

Tara Chapagain

See all posts by