गण्डकीका कक्षा १२ को परिक्षाको ९५ प्रतिशत तयारी पुरा ,१७ सय २३ विद्यार्थी पायक पर्ने विद्यालयबाट परीक्षा दिदै

कोरोना जोखिमको विषम पस्थितिमा कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको छ । विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न मन्त्रीपरिषदले शिक्षा मन्त्रालयलाइ सहमति प्रदान गरेको हो । ७ महिनादेखि स्थगित भएको परिक्षा संचालन गर्न बाटो खुला भएको हो ।

कोभिड १९ का कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगित गरिएको थियो । विद्यार्थीहरु जहाँ छन्, त्यहीबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गर्ने भएपछि तयारीमा जुटेको छ । राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेश व्यस्थापन कार्यलयका प्रमुख विष्णुनारायण श्रेष्ठले पुर्वि नवलपुर बाहेक गण्डकीका १० वटै जिल्लामा परिक्षा तयारीको ९५ प्रतिशत काम सकिएको जानकारी दिनु भयो ।

उहाँले प्रदेशका ५ सय ३७ विद्यालयबाट परिक्षा दिने तयारी भैरहेको बताउनु भयो । प्रमुख श्रेष्ठका रेगुलर तर्फ २७ हजार ८४६ आंशिक तर्फ ११ हजार ३१ गरि ३८ हजार ८७७ जना विद्यार्थीले परिक्षा दिने भएका छन् । जसमा १७ सय २३ विद्यार्थीले पढिरहेको विद्यालय भन्दा आफुलाइ पायक पर्ने विद्यालयबाट परीक्षामा सामेल हुने भएका छन् ।

“विद्यार्थी आफनो पायक पर्ने ठाँउबाट परिक्षा दिन पाउछन् ,परिक्षा फर्म भरेको विद्यालय बाहेक आफुले पढेको विद्यालयबाटै दिन चाहेपनि पाउनेछन् ।, कतिपय विद्यार्थीले कोभिडका कारण परिक्षा फर्म भर्न पनि छुटाएका छन्,। श्रेष्ठले भन्नु भयो । उहाँका अनुसार कास्कीमा सबैभन्दा बढि १४ हजार ७ सय र मनाङमा सबैभन्दा कम ६७ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।

“प्रदेशका हरेक जिल्लामा विद्यालयहरुमा नमुनापत्र , कार्यलय निर्देशनपत्र, परिक्षा संचालनको कार्यविधी ,रुटिङ मेल मार्फत पठाइसकेका छौ, प्रदेशका सबै स्थानियतहका प्रमुखलाइ सरकारको मापदण्ड अनुसार हेल्थ डेक्स स्थापनाका लागी अनुरोध गरि पत्र पठाएका छौ,। उहाँले भन्नु भयो । १०० पुर्णाङक मध्ये ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङकन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ ।

लम्जुङको शान्ति मावीका प्रिन्सिपल ललित बहादुर तिवारीले सो विद्यालयमा बाहिर पढेका २ जनाले परिक्षा दिने तयारी गरेपनि अहिले पढेकै विद्यालयमा जाने तयारी भैरहेको बताउनु भयो । कास्की नाँगडाँडाको माछापुच्छ्रे मावीका प्रिन्सिपल घनश्याम पौडेलले काठमाडौ एसपि लरेन्स मा पढेकी एक छात्राले सो ठाँउबाट परिक्षा दिन लागेको जानकारी दिनु भयो । इतिहासमा पहिलो पटक हुन लागेको यस्तो खालको परिक्षामा सहभागी विद्यार्थी,शिक्षक तथा अभिभावकमा अन्योलता जस्तो महसुश भएको बताउनु भयो ।

म्याग्दी घर भइ काठमाडौ सिसिआरसि बालकुमारी कलेजमा अध्ययन गर्नु भएकी विजया शर्माले आफुलाइ पायक पर्ने म्याग्दी बहुमुखी क्याम्पसबाट परिक्षा दिने तयारी गरेको तर फरक अनुभवले अन्योलमा परेको बताउनु बताउनु हुन्छ । “७ महिना भयो, कितावहरु पनि काठमाडौमै छुट्यो, परिक्षा थोरै माक्सको भएपनि सबै सेलेवल समेटेको छ, बरु १०० कै लिएको भए हुने, नयाँ मोडलले झनै कन्फ्युज बनायो, ।” शर्माले भन्नु भयो ।
उहाँका बुवा नवराज शर्मा भने स्वाथ्यका हिसाबले सरकारको निर्णय उपयुक्त रहेको बताउनु हुन्छ । “आफुले पढेको ठाँउमा दिए जस्तो त किन हुन्थियो, तर परिस्थिती अनुसार सुरक्षाका हिसावले ठिकै हो,।

प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७     6:17:00 PM

Tara Chapagain

See all posts by