चुरोट चोरेको आरोप लगाउँदा हत्या

पोखरामा साथीको हत्या गरेर फरार भएका १ जनालाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । चुरोटकोचोरेका आरोप लगाएको विषयमा झगडा हुँदा कृष्ण चौधरीको हत्या गरेर फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका १ कुशेश्वर दुम्जा घर भई हाल पोखरा ६ बसुन्धरापार्क बस्दै आएका २३ वर्षीय प्रेम भनिने नन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । फरार श्रेष्ठलाइ प्रहरीले रिक्सा लिएर काठमाडौं जाँदै गदा तनहुँको आँबुखैरेनीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नन्दलालले असोज २२ गते राति करिब साढे ८ बजेको समयमा पोखराको बसुन्धरा पार्कमा अन्दाजी २४ र २५ वर्षीय चौधरीलाई ढुंगाले हानेर हत्या गर्नु भएको थियो ।

यस्तो छ घटना विवरण
असोज पहिलो साता सिन्धुलीका प्रेम भनेर चिनिने नन्दलाल श्रेष्ठ पोखरा आउनु भयो । २२ कात्तिकमा उहाँको भेट दाङ स्थायी घर भएका कृष्ण चौधरीसँग भयो । ४ बजेबाट गफगाफमा भुलेका उहाँहरु ७ बजेसँगै बसेर ‘सौफी’ नाम गरेको रक्सी पिए । कृष्णले नन्दलाललाई आफूसँगै बासस्थान जाउ भनेर लगे श्रीमतीले खाना पकाएको भन्दै कृष्णले नन्दलाई बसुन्धरा पार्क लगेपछि तिनै जनाले खाना खाए ।

खानापछि कृष्णकी श्रीमतीले चुरोट हराएको बताएपछि कृष्णले एक्कासी ‘किन चुरोट चोरेको ?’ भन्दै नन्दलालको पेटमा समाते । त्यसको प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलेपछि रिसले चुर बनेका कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोज्दा नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा हिर्काएपछि कृष्ण घाइते भए । अस्पतालमा उपचार कै क्रममा कृष्णले ज्यान गुमाएका थिए । प्रहरीलाई भने १ घन्टा ढिला गरी सूचना गयो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कृष्णलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगी नन्दलालको खोजी गर्न थाल्यो । अस्पतालमा उपचार कै क्रममा कृष्णले ज्यान गुमाउनु भयो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७     6:13:58 PM

Tara Chapagain

See all posts by