महामारीलाइ नियन्त्रण गर्न जनप्रतिनिधिको भुमिका महत्वपुर्ण ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गण्ेश प्रसाद तिमिल्सिनाले महामारीलाइ नियन्त्रण गर्न जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुने बताउनु भएको छ । कोभिड १९ महामारी र जोखिममा प्रभावकारी संचारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

“हामीले यस्तो अनुमान अनुमान गरेका थिएनौ, जनप्रतिनिधिको माध्यमबाट महामारी नियन्त्रणका लागी सात वटै प्रदेशमा कार्यक्रम राखेका छौ, जोखिममा प्रभावकारी सञ्चारका लागी यस्तो कार्यक्रम आवश्यक छ ,। यस्तो बेलामा जनप्रतिनिधि जवाफदेहि बन्नुपर्छ। यतिबेला आफुलाइ जनतासंग जोडने लर कोभिड नियन्त्रण गर्न भद्धुमिका निर्वाह गर्ने तर्फ लाग्नु पर्छ ।” सभाअध्यक्ष तिमिल्सिनाले भन्नु भयो ।

उहाँले कोभिड १९ को पछिल्लो अवस्था अनुमान गरे भन्दा बढदै गएकोले यसको रोकथाम र नियन्त्रणका लागी डब्लु एच ओ को सहयोगमा कार्यक्रम आयोजना गरेको यो कार्यक्रम सात वटै प्रदेश सगै संघिय सांसदमा पनि गर्ने जानकारी दिनु भयो । गण्डकी प्रदेशका सभामुख तथा कार्यक्रमका अध्यक्ष नेत्रनाथ अधिकारीले महाहामीको यस अवधिमा यस कार्यक्रमले जनप्रतिनिधिको भुमिका र उत्तरदायित्व हुन सिकाउने बताउदै डब्लु एच ओ प्रति आभार ब्याक्त गर्नु भयो ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेश २ कोरोना महामारी तिव्र रुपमा फैलिएको बताउदै गण्डकीमा व्यवस्थित लागेको बताउनु भयो ।
आठवटा जिल्ला खुला सीमानामा छन । प्रदेश सरकारले धेरै निगरानी गरेको तर जनतामा जनचेतना नहुँदा बढेको छ । गण्डकीमा चाहिँ जनचेतना बढि देखिएको छ । उहाँले भन्नु भयो । उहाँले महामारीमा अवस्थामा विकास रकम कोभिड व्यवस्थापनमा खर्च गर्ने सुझाव दिनु भयो ।

डा. विनोदप्रसाद गुप्ता कोभिडपछिको अवस्था कार्यपत्र प्रस्तोता गर्दै गण्डकीमा अवस्था २ नं प्रदेशको भन्दा केहि नियन्त्रण देखिएको बताउनु भयो ।
विश्व स्वास्थ्य सङगठनका प्रतिनिधि डा ं सुनोर वर्माले कोभिडको समबन्धि थरिथरिका गलत सन्देशले नकारात्मक प्रभाव दिएको बताउनु भयो ।

गुगल र युटुवले जनमानसमा गलत सन्देश दिएको र कोभिड परिवर्तनशिल छ, नया नया कुरा आउछ यहि नै सत्य भन्ने छैन, विश्वस्वाथ्य सङगठन आफैलाइ पनि सबैकुरा थाहा छैन , खोप कहिले आउछ पनि थाहा छैन , जनतालाइ सहि सुचना दिने र सचेत गराउने जनप्रतिनिनिको महतवपुर्ण भुमिका छ । उहाँले भन्नु भयो । उहाँले अन्य विकसित देशका जनप्रतिनिधिहरुले आफुखुशिका दिएका धारणाहरुलाइ प्रस्तुत गर्दै दिएका माहामारि र जोखिममा प्रभावकारि सञ्चारका लागि सासदहरुको भुमिका महत्वपुर्ण रहेको उहाँको भनाइ थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २१, २०७७     1:21:26 PM

Tara Chapagain

See all posts by