पोखरामा कोरोनाबाट ३६ वर्षीय महिलाको निधन

पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति ११ बजेको समयमा उपचारका क्रममा ज्यान गएको हो । उहाँ कार्तिक ५ गते कोरोना संक्रमित भै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान केन्द्रमा भर्ना हुनु भएको थियो ।

उहाँ रक्तचापको समस्याका साथै निमोनियाको बिरामी रहेको पनि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति हुनुहुन्छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७     8:10:58 AM

Tara Chapagain

See all posts by