पोखराका मठमन्दिर बन्द हुदा कहि समर्थन त कहि आक्रोश

कोरोना भाइरसको माहामारी फैलिरहदा सरकारले विभीन्न मठ मन्दिर तथा धार्मिक स्थलहरुमा रोक लगाएको छ । जनताको आगमन हुने अन्य यातायात, होटल रेष्टुरेष्ट, ठुलाठुला डिर्पाटमेन्टल स्र्टोस बजारहरु खुल्ने अनुमति पाइरहदा सरकारले धार्मिक क्षेत्रमा मात्र किन बन्देज गर्यो भन्नेमा धेरैको प्रश्न छ ।
विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले भक्तजनको आक्रोश अभिव्याक्ति मन्दिर व्यवस्थापनले सहनु परेको बताउनु हुन्छ । समितिले मन्दिर खोल्ने विषयमा धेरै प्रयत्न गरेतापनि जिल्ला प्रशासन कार्यलयले सुरक्षा दिन नसक्ने र खोल्न नपाउने बताएपछि मन्दिर बन्द गर्नु परेको गुनासो श्रेष्ठले गर्नु भयो ।


“हामीले सुरक्षाका मापदण्ड अपनाएर खोल्ने, तयारी गरेको थियौ, अन्य भिडभाड हुने ठाँउहरु खोलिरहदा मन्दिर मात्र खोल्न किन नदिएको भन्ने गुनासो आइरहेको छ, भक्तजनको आक्रोश अभिव्याक्ति मन्दिर व्यवस्थापनले सहनु परेको छ,। मन्दिर खोल्न नपाउनु हिन्दु धर्मप्रति प्रहार त होइन भन्ने आशंका जनमानसमा रहेको श्रेष्ठले बताउनु भयो । “हिन्दु धर्म समबन्धि संघ संस्था वा हिन्दु महासंघले नेतृत्व लिएर सरकारलाइ दवाव दिनु पर्दथ्यो, । गत वर्ष जस्तै पुजा त नभनौ, भौतिक दुरि कायम गरेर दर्शन गर्न दिने व्यवस्था हुनुपर्दथ्यो, । उहाँले सरकारले अनुमती दिएमा अब पनि स्वाथ्य समबन्धि सम्पुर्ण व्यवस्थापन गरि भौतिक दुरी सहित मन्दिर खोल्न तयार रहेको धरणा राख्नु भयो ।

गतवर्ष नवदुर्गा अवधिमा ३ करोड आम्दानी रहेको र यसवर्ष मन्दिरले सो रकम घाटा बेर्होनु परेको विन्ध्यावासिनी धार्मिक विकास समितिका कोषाध्यक्ष सुर्य प्रसाद सुवेदी बताउनु भयो । “यो सबैको समस्या हो, गुरुकुल विद्याआश्रम बनाउन लागेको यो अवस्थामा ठुलो घाटा बेहोर्नु पर्यो, । विन्ध्यावासिनीमा ५५ जना कर्माचारीलाइ तलव खुवाउन गाहे भएपछि ,उनीहरुले समस्या बुझेर स्वइच्छाले छाडेको छन्,अहिले १५ जनाबाट संचालन गरेका छौ,। नियमित पुजा मात्र गरेको सुवेदीले जानकारी दिनु भयो ।

यसैगरि पोखराको धार्मिक तथा पर्यटकिय स्थल तालबाराहि मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्कमत कुँवरले भने कोरोना फैलिरहेको अवस्थामा सरकारको कदम ठिक रहेको बताउनु हुन्छ ,। “यस्तो महामारी छ, १ वर्ष नगर्दैमा केहि हुदैन्, हामी भनेर मान्दैनौ,जतिनै सुरक्षा व्यवस्था कडा गरेपनि हुलमुलमा जोगिन गाहे छ डर भइपनि हाम फाल्ने प्रवृति हामीमा छ ,मापदण्डको पालना गराउन समस्या छ ,भक्तजनको अवगमन नहुदैमा फरक प्रदैन् ।,
उपाध्यक्ष तथा मुल पुजारी परशुराम पहारीले मन्दिर व्यवस्थापनका लागी सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्नु भयो । “धार्मिक तथा पर्यटकिय स्थल भएकोले उक्त मन्दिर जोगाउन ४ देखि ५ करोड आवश्यक छ, १४ सय शताब्दीतिर स्थापना भएको मन्दिरलाइ भुकम्पले करिव २,३ इन्च ढल्केको छ ।, मन्दिर संरक्षणका लागी मन्दिर गुठि संस्थान लगायत अन्य समबन्धित ठाँउमा पनि पहल गरेका छौ ।”पहारीले फेवतालको विचमा रहेको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा तालबाहि मन्दिर जोगाउन सरकारको ध्यानआर्कषण हुनुपर्ने धारणा राख्नु भयो ।

मठमन्दिर खुल्ला गर्न दबाब
हिन्दु परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले मन्दिर प्रबेशमा रोक नलगाई सामाजिक तथा भौतिक दुरी कायम गरी सबै सुरक्षाका उपाय अपनाएर भए पनि मन्दिर दर्शन गर्न दिनुपर्ने माग गर्दै जिप्रका कास्कीमा धर्ना सहित प्रमुख ज्ञान प्रसाद ढकाललाइ ज्ञापनपत्र बुझाएको जानकारी दिनु भयो ।
“धर्म संस्कृति, रितीरिवाज अनुसार पुजा गर्न पाउनु मौलिक हक हो, देशमा संकटकाल लागेको अवस्थामा मात्र सरकारले यसलाइ रोक्न सक्छ, अहिलेसंकटकाल लागेको छैन्, । उहाँले सरकारले तत्काल मन्दिर खुलाउनु पर्ने धारणा राख्दै आन्दोलनमा जाने चेतावनी दिनु भयो ।,आचार्यले अहिले भर्खर इन्डियाको बिहारमा अदालतले नै मठ मन्दिर बन्द नगर्ने गरि फैसला समेत गरेको बिचार सहित संबिधान लाइ सम्मान गर्न राज्य संग अनुरोध गर्नुभयो ।

प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७     2:21:12 PM

Tara Chapagain

See all posts by