गण्डकी प्रदेशका अर्थ विकास समिति सभापति कोईरालालाई कोरोना संक्रमण

गण्डकी प्रदेश सभा सदस्य तथा अर्थ बिकास समितिका सभापति दिपक कोईरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।सांसद कोईरालाले आफुलाइ कुनैपनि कोरोनाको लक्ष्यण नदेखिएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो,म त ठिकै थिए मेसिनले पोजेटिभ देखाइ दियो, लक्ष्यण केहि छैन्,। उहाँ हाल आफ्नै निवासमा रहेको र होटल आईसोलेसन जाने तयारी गरीरहेको उनी आफैले जानकारी दिनुभयो ।

कास्की निर्वाचन क्षेत्र १ ÷१ अन्तर्गत ‘क’ बाट निर्वाचित भएका थिए । यस अघि सभाका अर्का एकजना सांसदलाई समेत कोरोना संक्रमण देखिएको थियो । कोइरालासंगै उहाँका ड्राइभर लाइ पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ४, २०७७     12:36:12 PM

Tara Chapagain

See all posts by