पोखरामा ७० वर्षीय संक्रमितको मृत्यु

पोखरामा कोरोनाबाट थप १ जनाको संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ कि ७० वर्षीया संक्रमित महिलाको चरक मेमोरियल हस्पिटलमा आइतबार बिहान मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले उहाँ निमोनिया र उच्च रक्तचापको समस्या रहेको जानकारी दिनुभयो । यो सगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक २, २०७७     1:51:25 PM

Tara Chapagain

See all posts by