कोरोनाले मनिपाल शिक्षण अस्पतालमो सशस्त्र प्रहरीको मृत्यु कास्कीमा ४७ संक्रमित थपिए

पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङका २५ वर्षे पुरुषको पोखराको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । सुरक्षाकर्मीको मृत्यु भएको प्रदेशमा यो पहिला घटना हो । ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।

ती पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । योसँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
कास्कीमा ४७ संक्रमित थपिए
पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २७ जनालाई कोरोना पुष्टि भएको हो । आज बिहान समेत पोखरामा २० जनालाई संक्रमण पुष्टि भएको थियो योसगै कास्कीमा आज मात्र ४७ जनामा कोरोना पुष्टि भएको हो ।

परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएकोमा २७ जना कास्कीका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै लमजुङ, स्याङजा र म्याग्दीका १र १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३०, २०७७     3:52:13 PM

Tara Chapagain

See all posts by