पोखरामा नक्कली सुकुम्वासी खडा गरि ठगि गर्ने ८ पक्राउ

पोखरामा नक्कली सुकुम्वासी खडा गरि ठगि गर्ने ८ जनालाइ कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ स्थित भोटे चौतारामा रहेको ३ सय रोपनी जग्गा १ सय ६० जनालाइ मिलाउने भन्दै पैसा असुलेको पाइएको छ ।

पक्राउ पर्नेमा ३९ वर्षीय हिराबहादुर तामाङ, ३० वर्षीय रमेशकुमार परियार, ३५ वर्षीय ओमबहादुर सुनार, ३७ वर्षीया रिता विश्वकर्मा, २२ वर्षीया सोनु परियार, २७ वर्षीया सीता सुनार, ५० वर्षीय हर्कबहादुर विश्वकर्मा, २४ वर्षीय मौसम सदासंकर रहेका छन् । प्रदेश कार्यसमिति गठन गरि विभीन्न व्याक्तिहरुसंग प्रति व्याक्ति २५ हजारका दरले उठाउने तयारी गरेको र असोज २५ गते २३ जना संग जनहि ७ हजार उठाइ सकेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिनु भयो ।

पोखरा ५ बस्ने हिराबहादुर तामाङको संयोजकत्वमा १० जनाका प्रदेश कमिटी गठन गरी भूमी सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको नक्कली हस्ताक्षर प्रयोग गरेको प्रहरीले फेला पारेको छ । रकम असुल्ने काम भइरहेको आयोगलाई सूचना पुगेको थियो । आयोग मार्फत जिल्ला प्रशासन कार्यालय कास्कीमा सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको कास्की प्रहरीले आइतबार ठगीका नाइके हिराबहादुर तामाङलाई पक्राउ गरि उहाँकै बयानका आधारमा संलग्न अरुपनि पक्राउ पर्न सफल परेका हुन् ।

हिराबहादुर यसअघि ज्यान मार्ने उद्योगमा ४ वर्ष कास्की कारागारबाट कैद भुक्तान गरी निस्किनु भएको कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भयो । पक्राउ पर्नेबाट प्रहरीले नगद उठाइएको रजिस्टर १ थान, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी १९ थान तथा नगद १ लाख ६१ हजार बरामद गरेको छ ।

उनीहरुलाइ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ बमोजिम मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     5:44:31 PM

Tara Chapagain

See all posts by