संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्ने तयारी

फेवतालको दिगो संरक्षण एंव व्यवस्थापनका लागी संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ । संसारकै सुन्दर तालहरु मध्ये १३ औ स्थानमा पर्ने फेवतालको संरक्षण,बाढि पहिरो तथा भुक्षय जस्ता प्रकोपबाट जोगाउन यसको दिगो संरक्षण तथा व्यवस्थापनका लागी जलाधार क्षेत्र घोषणा गर्ने तयारीमा जुटेको हो ।

बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी पोखराले पोखरा २३ बाम्दीमा राखेको सरोकारवाला संगको अन्तक्रिया गोष्टीमा विभीन्न समयमा जलधार क्षेत्रको संरक्षणका लागी विभीन्न प्रयासहरु हुदै आएपनि दिगो संरक्षण हुन नसकेको सरोकारवाला भनाइ छ । वृहत जलधार व्यवस्थापन कार्यलय पोखराले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा भु तथा जलाधार संरक्षण समितिको अध्यक्ष तथा जिल्ला समन्वय समितिका कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले एकिकृत रुपमा वृहत कार्य योजना बनाएर जानुपर्ने बताउनु भयो । उहाँले फेवतालको आयु बढाउन उपल्लो तटिय जलधार क्षेत्र संरक्षण गर्नु र तल्लो तटिय क्षेत्रमा पेशा व्यवसाय गर्नेहरुले पनि संरक्षणका लागी केहि योगदान गर्नुपर्ने बताउनु भयो ।

पर्यटनबाट हुने आर्यआर्जनको केहि प्रतिशत योगदान गर्नुपर्छ ,ताल छ र हामी गफ गर्न पाएका छौ, केहि वर्षमा ताल पुरिएर सकिने अवस्था छ । यसलाइ जोगाउनु पर्छ ,अदालतले ताल जोगाउन यसको संरक्षण गर्ने घोषणा गर्यो, सरकारले समिति बनायो, सोहि अनुसार हामी लाग्नेछौ, । जनप्रतिनिधी आइसकेपछि फेवताल संरक्षणमा चासो देखाएको उहाँको भनाइ थियो । अध्यक्ष क्षेत्रीले सम्पुर्ण सरोकारवालाहरुको राय सुझाव महत्वपुर्ण पूंजी रहेको बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले उठाएका समस्या र समाधानका उपायहरुलाइ यसभित्रका कार्यक्रममा समेटिने उहाँले भनाइ छ ।

वृहत जलधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिहं थापाले फेवताल जलधार संरक्षणको आवश्यकता र महत्वका बारेमा उपस्थित सबैलाइ जानकारी गराउदै राष्ट्रिय गौरवको आयोजना भएकोले ३ चरणका सुचि बनाइ दीघृकालिन संरक्षण गर्नुपर्ने बताउनु भयो । जिल्ला विकास समितिका पुर्व सभापती पुष्य पौडेलले फेवताल जोगाउन पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेकोले यसलाइ संरक्षका लागी उनीहरुको योगदान आवश्यक रहेको बताउनु भयो । “पर्यटक होटलबस्दा १ रुपैयाको टिकट फेवताल संरक्षका नाममा काटन सक्छौ, हामी भाग्यमानी छौ, यति सुन्दर ठाँउमा छौ, यसलाइ जोगाउनु छ ,। पौडेलले भन्नु भयो ।

कार्यक्रममा भु संरक्षण क्षेत्र अधिकृत विण्णु पौडेल, वडा नं २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुली लगायत उपस्थित सम्पुर्णले फेवताल संरक्षका लागी भैरहेको समस्या र समाधानका उपायको बारेमा आफना धारणा राखेका थिए । फेवा जलाधार क्षेत्रमा बढदो बसोवास कमलो ,भौगर्भिक अवस्था,अत्याधिक वर्षा बाढि पिहरो दिनप्रतिदिन बढदै जानु ढलको सहि निकास नहुनु जस्ता कारणले तालमा प्रदुषण बढन गइ जलकुम्भि तथा अन्य झारले कुरुप बनाउनु नै तालको प्रमुख समस्याका कारण क्षेत्रफल घटदै गएको छ ।

फेवा जलाधारको करिव दुइतिहाइ ६४ प्रतिशत उच्च भु क्षय प्रभावित क्षेत्र रहेको छ यिनै विभीन्न कारणले फेवतालको आयू संकुचित हुदै गएको छ ।
फेवा जलाधार क्षेत्र पोखरा महानगरपालिकाका वडा नं ३,५,६,७,८,१७,१८,२३,र २४ मा करिव १ लाख २३हजार ८ सय जनसंख्या र अन्नपुर्ण गाँउपालिका वडा नं १,२,३,४ मा बसोवास गर्ने ९ हजार ८ सय बासस्थानको रुपमा रहेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     8:37:15 AM

Tara Chapagain

See all posts by