चाडपर्व लक्षित बजार अनुगमन

जिल्ला प्रशासन कार्यलय कास्कीको संयोजकत्वमा दशै नजिकिदै गर्दा विभीन्न उपभोग्य वस्तुहरुको अनुगमन गरेको छ । चाडवाडको समयमा मुल्य बृद्धिको गुनासो आएपछि अनुगमनलाइ तिव्रता दिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यलय पोखराका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिनु भयो ।

उहाँले यतिवेला दाल चामल, चिनी तेलको मूल्य बृद्धि नभै घटदो क्रममा रहेको बताउनु भयो । “खाद्यन्नको मूल्य घटदो छ, कोहि ठगिएको वा शंका लागेको छ भने खरिद मूल्य सुचि हेर्ने अधिकार पनि छ, । समान खरिद गर्दा विल लिने गरेमा अनियमितता कम हुने उहाँको भनाइ छ । पछिल्लो समय बजारमा ध्युको नाममा विभीन्न नक्कली ध्युमा लेवल लगाएर शुद्ध गाइको ध्यु भनि बिक्री गरेको पाइएकोले यसबाट सचेत रहन सबैलाइ अनुरोध गर्नुभयो । पौडेलले आफनै फर्मको भन्दै मिसावट गरि विभीन्न ठाँउबाट दुध बिक्री वितरण गरेको जानकारी आइरहेको बताउदै यस्ता अनियमितता गर्ने जोकोहि छिटो कारवाहिमा दायरामा ल्याउने बताउनु भयो । उहाँले सम्पुर्ण उपभोक्ताहरुलाइ सचेत भइ यकिन गरेर मात्र खरिद गर्न आग्रह गर्नु भयो ।

जिल्ला प्रशासन कार्यलय सहायक प्रमुख गुरुदत्त ढकालले बजारमा हुने कालो बजारी र अनियमिततालाइ रोक्न अनुगमन आवश्यक रहेको बताउनु भयो ।
उहाँले आइतबार पोखरा ९ नयाँ बजारमा रहेको मोहित टे«डर्स र पोखरा ६ लेकसाइडमा सुलभ डिर्पाटमेन्टल स्र्टोसको अनुगमन गरेको जानकारी दिनु भयो । अनुगमनका क्रममा खरिद विक्री मूल्यमा अस्वभाविक भेटिएको र म्याद गुर्जिएका समानहरुलाइ अव्यस्थित तवरले राखिएको पाइएको जानकारी दिनु भयो । प्रशासनले उपभोक्तका गुनासोलाइ ध्यानमा राखेर अनियमितता नियन्त्रणका लागी अनुगमन गरेको उहाँको भनाइ छ ।

उपभोक्ता संघ गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले चाडपर्व लक्षित गरिएको खाद्य वस्तु अनुमगनमा प्याकेजिङ उद्योगले बढि एम आरपि मूल्य राखेको पाइएको जानकारी दिनु भयो । “१ सय ५० को ध्यूलाइ ३ सय ५० एम आरपि राखेको भेटियो, भिक्टोरिया जीरामा पनि त्यस्तै अत्याधिक मूल्य छ, यो प्याकेजिङ उद्योगको लापरवाहि हो, उपभोक्त ठगि गरेकोमा कारवाहि गर्नेछौ।, अनुगमनमा पुगेको टोलीले मूल्यमा मनपरी नगर्न म्याद गुज्रिएका समान बिक्री नगर्न र समान पसल सफा र व्यवस्थित गर्न सुझाएको छ । प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उपभोक्ता मञ्च, , जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यलय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको टोली अनुगमनमा पुगेको थियो ।

प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     8:29:58 AM

Tara Chapagain

See all posts by