कास्कीमा गाँउपालिकाका सबै विद्यालय संचालनमा

कास्कीका ४ वटै गाँउपालिकाका सामुदायिक विद्यालयमा पढाइ निरन्तरता दिएको छ । विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिन गाउँपालिकाहरुले टोल सिकाइ संचालन पठनपाठनलाइ निरन्तरता दिएका हो । शहरका विद्यालयमा विदाथीृको चाँप बढि हुने र कोभिडको भौतिक रुपमा उपस्थित भएर संचालन गर्ने अवस्था नभएको छैन ।

जिल्ला शिक्षा समन्वय इकाइ का प्रमुख नारायण प्रसाद सुवेदीले बजार एरियामा अहिले पनि कोरोना संक्रमणको जोखिम बढिरहेकोले भौतिक उपस्थितमिा कक्षा संचालन गर्न नसकेको बताउनु भयो । “गाँउपालिकामा सबैजसो विद्यालय संचालन भएका छन्, शहरमा अहिले भने त्रास नै छ, विद्यार्थी संख्या पनि बढि हुने भएकोले सामाजिक दुरी कायम राख्न कठिन छ, अनलाइन कलास भने संचालन भै रहेका छन्” । उहाँले भन्नु भयो ।

पोखरा महानगरपालिकाका शिक्षा शाखा प्रमुख हेम आचार्यले महानगर भित्रका प्राय सबै विद्यालयहरुले शिक्षा मन्त्रालयले स्वीकृत गरेको विद्यार्थी सिकाइ निर्देशिका अनुसारका कुन न कुनै विधी अपनाएर संचालन भएको बताउनुहुन्छ । उहाँले भन्नु भयो, सिकाइ सहजीकरण गर्न छोटो समयका लागी सबै विद्यालय खुलेका छन्, नीजी विद्यालय सबै अनलाइनमा गैसकेका छन् भने सामुदायिक विद्यालय अनलाइनमा जाने प्रयासमा छन् । विद्यालय कसरी खोल्ने भन्ने हामी प्रयासमा छौ, । उहाँले महानगर भित्ररहेका २०९ सामुदायिक र १८३ संस्यागत विद्यालयहरु विविध प्रकृतिबाट सिकाइ प्रक्रिया अपनाएर पनि संचालन गरिएको बताउनु भयो ।

रुपागाँउपालिकाका रहेका ३० वटै सामुदायिक र एउटा नीजी विद्यालयमा सिकाइ केन्द्र बनाइ संचालन गरिएको शिक्षा अधिकृत सन्दिप पौडेलले जानकारी दिनु भयो । कक्षा संचालन भैरहेका छन् । मादि गाँउपालिकाका शिक्षा अधिकृत सम्झना प्रोख्रेलले असारबाटै कहिलेकाहि विद्यालय संचालन गरिएपनि असोज १ गतेबाट नियमितमा सबै विद्यालय टोल सिकाइ अन्र्तगत संचालनमा आएको जानकारी दिनु भयो । “ एउटा बेन्चमा एक जना विद्यार्थी राखेर संचालन गरेका छौ, आधारभुत विद्यालयमा समस्या छैन्, माध्यमिकका लागी पनि २ सिफ्ट बनाइ टोलटोलमा राखेर भएपनि स्वाथ्यका सबै मापदण्ड अपनाएर संचालन भएका छन्, हामी अनुमगनकै क्रममा छा,सबै विद्यार्थी उत्साहका साथ विद्यालय आएका छन् ”।

मादिमा ५१ वटा सामुदायिक विद्यालय रहेको बताउनु भयो । अन्नपुर्ण गाँउपालिकाका शिक्षा शाखा अधिकृत शैक्षिकसत्र खेर जान नदिन ५२ वटै सामुदायिक विद्यालयमा टोल समुह बनाएर कक्षा संचालन गरेको बताउनु हुन्छ । उहाँका अनुसार सो गाँउपालिकाकामा रहेका ५ वटा नीजी विद्यालयमा छन् विद्यार्थीको संख्या बढि भएकोले अनलाइन कक्षा संचालन भैरहेको छ ।

त्यसैगरि माछापुच्छे गाँउपालिकामा पनि टोल पढाइ समुह गठन गरि संचालन गएका छ । शिक्षा अधिकृत कृण्ण भण्डारीले सबै विद्यार्थीसंग अनलाइन पहुँच नभएकोले सोही अनुसारको व्यवस्थापन गरिएको बताउनु भयो । माछापुच्छ्रे गाउँपालिकामा सामुदायिक ४३ र नीजी ७ वटा विद्यालय छन् । कास्कीमा शैक्षिक सत्र खेर जान नदिन सक्दो प्रयास गरिरहको शिक्षकहरु बताउछन् । कास्कीका नीजी विद्यालयले अनलाइन कक्षा संचालन गरेको भएपनि सामुदायिक विद्यालयका सबै विद्यार्थीहरु अनलाइन पहुँचमा छैनन् ।

सामुदायिक विद्यालय पोखरा ३ नदिपुर बाल मन्दिर मावि का प्रअ सुशिल बस्नेतले ७० , ८० प्रतिशत विद्यार्थी अनलाइन सम्पर्कमा भएपनि अन्य विद्यार्थीको पहुँचमा नभएको बताउनु भयो । कति विधार्थी सम्पर्कमा छैनन् , गाँउमा छन्, १ हजार ५० विद्यार्थीमा ८ सय सम्पर्कमा छन् अरु गाँउमै छन्, अब सबैलाइ समेटने सोचमा छौ, । उहाँले दशै पछि सुरक्षाका मापदण्ड अपनाएर भौतिक रुपमा उपस्थित गराइ संचालन गर्ने योजना बनाउन लागेको बताउनु भयो ।
पोखराकै चर्चित नीजी विद्यालय मदरल्याण्ड मावीले भने शैक्षिक सत्र शुरुवात बाट धमाधाम अनलाइन कक्षा संचालन गरेको प्रअ नारायण बरालले जानकारी दिनु भयो । उहाँका अनुसार नयाँ प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइमा असर गर्ला भन्ने त्रास रहे पनि विद्यालयले त्रैमासकि परिक्षा भैसकेको सोचे भन्दा नतीजा ल्याएको बताउनु भयो ।

प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७     6:14:04 PM

Tara Chapagain

See all posts by