प्रथम सेवाग्राहिलाइ हुलाक सेवा निर्देशनालयमा स्वागत

हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहिलाइ कार्यलय परिसरमा स्वागत गरेको छ । १४६ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नु भएको हो ।

दुलाल सेवाग्राहिको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गर्नु भएको थियो । सोहि अवसरमा उहाँलाइ पहिलो सेवा ग्राहिको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिनु भयो ।

यसैगरि कार्यलयले सोहि अवसर पारेर कार्यलय सरसफाइ तथा वृक्षारोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक कार्यलय परिसरलाइ फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताउनु भयो । सम्पुर्ण कर्माचारीको सहयोगमा कार्यलय परिसरभित्र सरसरफाइ समेत गरिएको पौडेलले जानकारी दिनु भयो ।

प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७     3:48:19 PM

Tara Chapagain

See all posts by