आन्तरिक पर्यटकलाई सहुलियत दिदै प्याराग्लाइडिङ संञ्चालन

कोरोना महामारीका कारण झण्डै ६ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सरकारले आन्तरिक हवाइ उडान सुरु गरेसँगै सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित संचालनमा आउने भएको हो ।

नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लगेको जानकारी दिनु भयो सुरक्षाका निश्चित मापदण्ड अपनाएर परीक्षणकालमा रहेको बताउदै १५ गते देखि संचालनमा आउने बताउनु भयो ।

पोखराको आकाशमा हावामा कावा खादै मनोरञ्जन गर्ने गराउने प्याराग्लाइङिड पुन संचालनमा ल्याउन पाउदा व्यवसायिमा उत्साह थपिएको अध्यक्ष कृण्ण भण्डारीले जानकारी दिनु भयो । आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढदै गएको पाइएपछि पछिल्लो समय यसमा लगानी पनि बढेकोरहेको बेला कोरोना महामारीले बन्दाबन्दीका भएपछि थुप्रै घाटा बेर्होेनु परेको अध्यक्षको भनाइ छ । “यतिवेला सहुलियत दरमा आन्तरिक पर्यटक उडाउने भन्ने सोच बनाएका छौ,पहिला ७ हजार ५ सय रेट रहेकोमा अहिले नेपालीहरुलाइ सहुलितय दिएर ५ हजारमा बनाउने सोच रहेको छ, ”उहाँले भन्नु भयो ।

पोखरामा प्याराग्लाइडिङ १ अर्वको लगानी रहेको बताउनु भयो । ६ महिनाको बन्दाबन्दीमा ५० करोड घाटा हुन पुगेको छ ,यसले व्यवसायी सगै सरकारलाइ पनि करोडौको घाटा पुगेको छ , उहाँले थप्नु भयो । गतवर्षहरुमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य पर्यटक गर्दा सरदरमा दिनमा ४०० जना उडाउने गरेको बताउदै तत्काल आन्तरिक पर्यटकहरुको माध्यमबाट नै प्याराग्लाइडिङ क्षेत्रमा केहि सुधार ल्याउने योजना बनाउको भण्डारीले बताउनु भयो ।

पोखराको १८ सराङकोट, तोरीपानी, मान्द्रे ढुंगाबाट ६० वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने र फेवताल किनारमा अवतरण गर्ने गर्छन् । (ना)का महासचिव बलराम आर्चायले पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य रहेको बताउदै यसलाई पहिलेको अवस्थामा फर्काउन थुप्रै चुनौतीको सामना गर्नुपर्ने बताउनु हुन्छ । चिनीयो पर्यटक बढि आउने भएकाले “ कोरोनाले थलिएको अवस्था छ, तत्काल बाह्य पर्यटक आउने अवस्था छैन् ,आन्तरिक पर्यटनलाई जोड दिन्छौ, युवा विदेशीहरुले बढि मन पराउने भएकोले यसबाट तत्कालै फाइदा लिने अवस्था छैन् केवल उठनु छ, व्यवसायबाट पलाउन हुन लागेका लाइ पुन स्थापित गराउनु छ, शिप तिर्खानु छ, । उहाँले भन्नु भयो ।

सुरुआती दिनमा विदेशी पाइलटले धानेको पोखराको प्याराग्लाइडिङ अहिले ३७० नेपाली पाइलट छन् । १० जना विदेशी पाइलट र झण्डै १२ जना झन्डै महिला पाइलट रहेको आर्चायले जानकारी दिनु भयो । प्याराग्लाइडिङ युवा तथा विदेशीहरुलाइ बढि मन पराउने र उड्न आउने भएकोले यसबाट तत्काल फाइदा लिने अवस्था नभएको उहाँको भनाइ छ । पोखराको आन्तरिक राजश्व कार्यलयबाट २०७१, २०७२ उत्कृष्ठ करदाता रहेको प्याराग्लाइडिङ व्यवसाय २० वर्ष यता सबैभन्दा थलिएको अवस्थामा पुगेको हो । महिला पाइलट तथा नाका कार्य समिति सदस्य शर्मिला शर्माले लामो समयपछि संचालनमा आएको उडानले खुशी ल्याएको बताउनु भयो ।

प्रकाशित मितिः बिहिबार, अशोज १५, २०७७     3:16:01 PM

Tara Chapagain

See all posts by