गण्डकी प्रदेशको खेलकुद विधेयक पारित प्रदेश खेलकुद परिषद गठनको बाटो खुल्यो

गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा बनेको विधेयक बुधबार संसदबाट पारित भएको छ । अब प्रदेश खेलकुद परिषद गठनको बाटो खुलेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले निर्णयार्थ पेस गरेको विधेयक सर्बसम्मत पारित भएको हो ।

विधेयकले राष्ट्रिय खेलकुद परिषद् झैं प्रदेश खेलकुद परिषद् रहने व्यवस्था गरेको छ । प्रदेशमा खेलकुद हेर्ने मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा बन्ने परिषद्ले प्रदेशमा खेलकुदको व्यवस्थापन, सञ्चालन, विकास, विस्तारमा केन्द्रित रहेर काम गर्नेछ । प्रतिबन्धित औषधीको सेवन (डोपिङ), अनियमितता र फिक्सिङ गर्ने÷गराउनेलाई सजायको व्यवस्था विधेयकमा छ ।

डोपिङमा संलग्न खेलाडीलाई पहिलोपटक खेल प्रतियोगितामा भाग लिन नपाउने र १० हजार रुपैयाँ जरिवाना गराइने कानुन बनेको छ । दोस्रो पटकदेखि डोपिङ गर्ने र गराउनेलाई १० हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको हुनेछ । जिल्लामा खेलकुद विकासका लागि प्रदेशले जिल्ला खेलकुद विकास समिति गठन गर्न सक्ने छ । खेलाडीको सामाजिक सुरक्षा, बिमा तथा आकस्मिक उद्धारका लागि प्रदेश विधेयकले खेलाडी कल्याणकारी कोषको परिकल्पना गरेको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १५, २०७७     2:42:22 PM

Tara Chapagain

See all posts by