नबिल बैकले ७.७५ प्रतिशत ब्याजदरमा गर्यो शेयर लोनको शुरुवात

नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखि नबिल बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाइने स्किम नवील बैंकले सार्वजनिक गरेको छ ।
५० लाख वा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध गराउने उपलब्ध हुने बैंकले घोषणा गरेको हो ।

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रहि नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैकले जनाएको छ ।
निजि क्षेत्रको अग्रणी बैंक नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहितआधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदानगर्ने तर्पm केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।
छ ।

प्रकाशित मितिः सोमवार, अशोज १२, २०७७     10:38:09 AM

Tara Chapagain

See all posts by