थलिएको पर्यटन क्षेत्रलाइ तङग्रर्याउने छौ = मुख्यमन्त्री गुरुङ

पर्यटन कोभिड १९ को कारणले सबैभन्दा प्रभावित क्षेत्र भनेको पर्यटन हो । पहिलो कुरा यातायात क्षेत्र प्रभावित हुनु भनेकै पर्यटन कोवामा जानु जस्तै हो । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले भन्नु भयो । नेपालको पर्यटकिय प्रदेश गण्डकी प्रदेशलाइ थलिएको अवस्थाबाट उठाउन संघ सरकार संग मौद्रिक नीती सगै सरकारले घोषणा गरेको प्याकेजमा ल्याउनुमा प्रदेश सरकार सगै पोखरेलीको भुमिका रहेको मुख्यमन्त्री बताउनु भयो ।

“मुख्यतय पर्यटनलाइ पुर्नजीवनमा अथवा कोवामा पुगेकोलाइ कसरी बचाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । लकडाउन हुनु यातायात क्षेत्र अवरुद्ध हुनु भनेकै पर्यटन धाराशाही हुनु हो,सरकारको मौद्रिक निती ल्याउनु पहल गरयौ, । आवश्यक राहतको प्याकेज ल्याउन हाम्रो भुमिका छ । पर्यटन हाम्रो मुख्य आधार भएकोले भएकोले कृषि, उधोग ,यातायात लगायत सबैले पुर्नजीवनमा पाउछ र हामी पुन समृद्धिका जान्छौ ।

पर्यटन क्षेत्रमा व्यवसायी अडिक बनाइरहन यसको पर्यटन क्षेत्र छोडेर बचाउन र यसमा लागेका हरुलाइ जोगाउन र पर्यटन व्यसायबाट विस्थापित हुन नदिन १ अर्वको व्यवसाय पुर्नजिविनत कोष ल्याएको मुख्यमन्त्री गुरुङले जानकारी दिनु भयो “पर्यटन क्षेत्र छोडेर भाग्न थाले अस्तव्यस्त भयो, जनशक्ति जोगाउन प्याकेज ल्याएका हौ । कार्यविधी बनाएर आवश्यक सोहि अनुसार वितरण गर्नेछौ, ठुलाले पाउने अरु हेरेको हेरेइ हुन दिदैनौ, ।

अन्य देश भन्दा नेपाल सुरक्षित रहेको जानकारी गराउनु पर्ने उहाँको भनाइ छ । शहरमा  पोखरा सुरक्षित छ र अन्नपुर्ण मनास्लु धौलागिरी क्षेत्र लगायत पर्यटन क्षेत्र झनै सुरक्षित छ भन्ने सन्देश दिन सकियो भने पर्यटन भित्रयाउन गाहे नहुने उहाँको बुझाइ छ । हामी आइसुलेशन क्वारेन्टाइनमा रुमलिएका छौ ,सावधानी अ्पनाउने माध्यम मात्र हो , । भ्याक्सिन नहुदा नियन्त्रण गर्न घर बस भनेको हो । भ्याक्सिन निस्कियो भने त्यसको सहायताबाट पुन यथास्थिती हुनेछ, सबै स्थितीलाइ व्यवस्थापन गर्न सरकार लागेको छ र अब लगाउन पर्छ हामीले स्वाथ्यलाइ मध्यनजर गरि काम गरेका छौ । मुख्यमन्त्री बताउनु भयो

फेवताललाइ सौन्दर्यकरण र सिमाकंन
फेवताललाइ अहिलेसम्म सबैले कथा र चुनावको एजेण्डा बनाएको मुख्यमन्त्री गुरुङको आरोप छ । “काम नगर्नेे प्रचार मात्र गर्ने विरासत छ यसलाइ अन्त्य गर्न पर्छ । उहाँले गण्डकी प्रदेश सरकारले पहिलो कार्यकालमै फेवतालको समबन्धि समस्या समाधान गर्नेछ, । हामी संघिय सरकार संग के समन्वय गर्न पर्छ गर्दै छौ,
। यसरि नै ढुङगा गिटी बालुवा आउने क्रम नरोकिने हो भने ताल अस्तित्व समाप्त हुने उहाँको भनाइ छ । यसका लागी चाहिने आधार मापदण्ड बुनाएर प्रोसेस अगाडी बढाएको उहाँले जानकारी दिनु भयो । तालको सिमा निर्धारण, सिमाडकन मापदण्ड, संरक्षण र विकास पछि सौन्दर्य तर्फ ध्यान दिएर फेवताललाइ विश्वकै १३ औ सुन्दर ताललाइ बाट ३ नं मा झार्न पहल गर्न सकिने उहाँको बुझाइ छ ।

फेवतालको इतिहास र कथा बोकेर फेवताल बसेको भन्दै मुख्यमन्त्री गुरुङले यसका लागी प्रधानमन्त्री संग कुरा भैसेको र उहाँ हामीले भने भन्दा र सोचे भन्दा पनि पनि उहाँ सकारात्क रहेको जानकारी दिनु भयो । बैकले मापदण्डको कुरालाइ लिएर दुख दिइरहेको छन् । उहाँले यि यावत समस्याका समाधान विस्तारै हुदै जाने बताउदै हतोत्साहि नभै जोस र जाँगर यथावत राखेर निराश नभइ सुरक्षाका मापदण्ड अपनाएर उत्साह साथ व्यवसायमा लाग्न आग्रह गर्नु भयो ।

पर्यटन विज्ञ जुद्ध गुरुङले पर्यटन क्षेत्रमा ५ खर्व ५३ अर्व बरावरको लगानी र ७५ हजार रोजगारी बिहिन भएको बताउनु भयो दैनिक १३ करोड ३६ लाख को कारोवार बन्द भए सगै सरकारलाइ पनि घाटा रहेको जानकारी गराउदै पुर्नस्थापना गर्न कसरत गरि रहेको जानकारी दिनु भयो । स्वाथ्य मापदण्डको पालना गर्दै यसलाइ चलायमान बनाउन कृषि, उधोग रोजगारी संचालन गर्नुको विकल्प नरहेको धारणा राख्नु भयो ।

यसैगरि पर्यटन व्यवसायी तथा माउन्ट कैलाश रिर्सोटका संचालक नरेश भटट्राइले पर्यटन उकास्न तिन तहका सरकारको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । उहाँले थलिएको व्यसायलाइ उकास्न नयाँ गनत्वयको खोजी सगै सरकारले बोलेको कुरा कागजमा मात्र सिमीत नराखी पुरा गर्नुपर्ने बताउनु भयो ।
पर्यटन डुब्यो भने बैक डुब्छ, यसको भागीदार सरकार पनि हुने भएकोले साना तथा मझौला व्यवसायी विस्थापित हुदैछन् , उनीहरुलाइ उकास्ने सरकारले बोलेका कुरा पुरा गर्नुपर्छ । पर्यटन व्यवसायी भटट्ले २०२० मा प्रचार प्रसार गर्ने र २०२१ बाट पर्यटन आउने वातावरण बन्न सक्ने बताउदै यसका लागी सरकार सगै प्राइभेट सैकटर पनि हातेमालो गरेर जानु पर्ने उहाँको भनाइ छ ।

तान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले धाराशाहि रहेको पर्यटनलाइ सरकारले व्यवसायी खुल्ला र पुर्नकर्जाको अव्हान गरेकोमा खुशीलागेको बताउनु भयो । यसबिच पनि व्यवसाय पुन संचालन गर्ने विभीन्न चुनौती रहेको बताउदै यसलाइ अझै सहज बनाउनु पर्ने उहाँको भनाइ छ । नेपालमा आउने विदेशी पर्यटकलाइ १५ दिन क्वारेन्टिन बस्नु पर्ने बाध्यताले राम्रो सन्देश दिएको छैन् , उनीहरु केहि समयको लागी आउने र क्वारेन्टिनमै दिन बित्ने हुदा, उनीहरु आफनो देश बाटै ल्याएको रिर्पोटले सहजता प्रदान गर्नुपर्छ । यसो गरेमा व्यवसायी लगायत पर्यटकलाइ पनि सहज हुने उहाँको धारणा छ ।

प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७     11:58:01 AM

Tara Chapagain

See all posts by