समाज सेवामा ८ वर्षिय बालिका प्रेन्सा

पोखराको बिरौटामा ८ बर्षिया बालिका प्रेन्सा रेग्मी यतिवेला समाजसेवामा व्यस्त हुनुहुन्छ । नेपालमा कोभिड १९ को महामारीलाइ रोक्नसरकारले गरेको लकडाउनका समयको शुरुवात बाटै माहामारी बाट बाच्नका लागि सर्जिकल मास्कहरु पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ निशुल्क बितरण गरेपछि निकै चर्चामा रहनु भयो ।

पोखराकै शिशु निकेतन बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत रेग्मीले सुरुमा आफुसंग भएको १५ हजार त्यसमा बाबुले थपिदिएको १५ हजार गरी ३० हजारको मास्क खरिद गरी बिक्रि भएको बताउनु भयो । उहाँका आमा बुवाले पोखरामा नमस्ते स्टेशनरी चलाउनुहुन्छ ।प्रेन्साले खाना नपाइ भोकभाकै रहेकालाइ मात्र होइन आफू जस्तै स साना विद्यार्थीलाइ सेवा नै धर्म हो भन्ने अभियानका साथ कापी,कलम ,पेन्सिल लगायतका स्टेशनरी पनि निशुल्क वितरण गर्दै आउनु भएको छ ।

चौतारोमा बसेर मास्कका साथसाथै भोक उपचार केन्द्र अर्थात फुड बैंकको पनि सुरूवात गर्नुभयो । उक्त फुड बैंकमा दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक भोक उपचार केन्द्र, हुनेले दिने नहुनेले लिएर जाने अभियान छ । उहाँ नेपालकै कान्छि समाजसेवि रेग्मी भन्नुहुन्छ , पहिले घर समाज, हुदै देश बन्छ, हामी ले धेरै दिनु पर्दैन, एक मुठी मात्र सहयोग गरेमा धेरै हुन्छ यस्तो बेला मा कोहि भोकै नपरोस् ।

आफुलाइ खाजा खान दिएको पैसा जोगाएर बाटो छेउमा बसेर दुखी गरिब हरु लाई खाना बाड्न खुशी मान्ने उहाँले पोखरा लेक्साइड का आपाङ्ग बच्चाहरु को लागि कपि कलम लगायत खाद्यान्न सहयोग लिएर लेकसाइड पुगेकी उहाँ दुखिको घाउमा मलम लगाउन पाउदा आनन्द लाग्ने बताउनु हुन्छ । यो सगै पोखराका विभीन्न चोकमा , मास्क लगाउन सिकाउने र नगर बसमा चढेर निशुल्क मास्क बाडने,सबैलाइ रोगबाट बच्न सरकारको नियम पालन गर्न सिकाउनु हुन्छ ।

हामि बालबालिका पनि देश बिकासमा जुट्नु पर्छ कर ले होइन रहरले, समाज सेवामा लाग्नुपर्छ ‘सबैलाई मास्क लगाउनु पर्छ भनेर सिकाउनु सबै नागरिक लाई बचाउनु मेरो पनि कर्तव्य हो । स्कुलको आफ्नो खाजा खर्च बचेको पैसा सहयोग गरेको छु ।, समाज परिबर्तन को लागि पहिले मेरो घर बाट सुरुवात गरेको छु । मलाइ मेरो बाबा आमाले यसतो काममा साथ दिनु भएको छ । प्रेन्साले भन्नु भयो । देश बिकास गर्न सरकार को मात्र बाटो हेर्न नहुने उहाँको भनाइ छ । निजि क्षेत्र ले पनि गर्नु पर्छ तेस्को लागि सरकार ले नीति र कार्यक्रम बनाउनु जरुरी छ गरे सबै सम्भब हुन्छ, ।

भविश्यमा गएर नं १ साइन्टिस बन्ने सोच उहाँको छ । उहाँ भन्नुहुन्छ ,यस्तो भ्याक्सिन बनाउन मन छ, जसले कुनैपनि रोग वा यस्तो महामारी ले छुन नसकोस् । देशमा भष्ट्राचार र क्राइम अन्त्य गर्न अभियानमा लाग्ने उहाँको योजना छ । नेपालमा नेता र सरकारको मात्र मुख ताकेर बस्नुहुदैन् आम नागरिकले पनि आफनो कर्तव्य बुझनु पर्छ । बेदेशिक रोजगारमा जानेलाइ पनि नेपालमा दुख गरेर पनि आयआर्जन गर्न सकिने उहाँको सुझाव छ ।

हौसला दिनेछौ
प्रेन्साको बाबा रामकृष्ण रेग्मीले उनीमा कसरी यो समाजसेवाको सोच,आँट र शक्ति आयो आफु दङ परेको बताउनु हुन्छ । घरायसी समस्या बुझेर मलाइ समेत मोटिभेशन भिडीयो पठाइन्, हेरेर आखा रसायो, आगामी दिनमा छोरीले गर्न चाहेको हरेक राम्रो काममा सहयोग गर्ने उहाँको ठुलो उदेश्य छ । मम्मी जयन्ति रेग्मीले भन्नुहुन्छ , हामीलाइ केहि थाहा छैन् उसलाइ कहाँबाट आउछ यस्ता ज्ञान हामी नै दङ छौ । उसले युटुवमा राम्रा र सचेतना मुलक भिडीयोबाट ज्ञान हासिल गर्ने एक चोटी सुनेको भरमा सक्छिन् समाज सेवा गर्छु भन्छिन् उसको इच्छा देखेर दङ छौ, कुनै कुरामा हुदैन् नगर भन्न मन लाग्दैन् ,सहयोग गर्छौ । आगामी दिनमा पनि देशको लागी छोरीले गर्ने हरेक कामका लागी सहयोग रहने उहाँले बताउनु भयो ।

मन्त्री मेयर, उपमेयर लगायतको सहयोग
प्रेन्सालाइ गण्डकी प्रदेशका समाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, उपमेयर मञ्जु गुरुङ र आफ्ना शिक्षकहरले भेटेर थप हौसला प्रदान गर्नु भएको छ । मन्त्री पुनले उहाँलाइ सानो उमेरबाट समाज सेवामा लागेकोमा खुशी लागेको बताउदै हौसला दिनु भयो ।
मन्त्री पुनलाइ सरकारी तवरबाट हामी जस्ता बालबालिकालाइ सहयोग गर्न र भविश्यमा केहि गर्न सहयोग माग गरेको प्रेन्साले बताउनु भयो । यसैगरि पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसिले उपमेयर मञ्जु गुरुङले राम्रो काम गरेको भन्दै माक्स सहयोग गर्दै भेटेर हौसला दिएको उहाँले बताउनु भयो ।

कितावमा पढेको कुरालाइ व्यवहारमा उतारेकोमा खुशी लागेको शिशु निकेतनका प्रिन्सिपल प्रेन्साका टिचर नरेन थापाको भनाइ छ । उहाँले प्रेन्सा जस्तो बुद्धिजिवी र सानो उमेरमा समाजसेवा गर्ने विद्यार्थी पाउदा गर्वले शिर ठाडो भएको बताउनु हुन्छ । उहाँले लकडाउनको समयमा विद्यालय जान नपाएको समयमा प्रेन्साले सामाजिक कार्यमा लागेर राम्रो सदुपयोग गरेको जानकारी गराउनु भयो । अभिभावक, टिचर लगायत उहाँहरुले दिएको हौसला मेरा लागी प्रेरणा बनेको छ । यहाँहरुको सधैभरि आशिर्वाद को आशा राखेको प्रेन्साको भनाइ छ ।

प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७     11:36:42 AM

Tara Chapagain

See all posts by