प्रोजेक्ट नेचर टिमले युवाहरुले बिगत १०० दिनदेखि दैनिक केहि समय निकालेर फेवाताल तथा आसपासका क्षेत्रहरूका प्लास्टिकजन्य फोहोर संकलन गरेर उचित व्यवस्थापन गरेका छन । उनीहरुले १००औ दिनको कार्य प्रगति तथा समीक्षाको लागि आयोजना गरि हालसम्म लगभग २७०० बोरा फोहोर संकलन गरिएको बताएका छन् ।
पोखरा ६मा स्थायी बसोबास भएका र कार्यथलो भएका केहि युवाहरुले प्राकृतिक रूपमा सुन्दर नेपाललाइ हामीले नै कुरुप त्रबनाएको भन्दै अभियान चलाएका छन् वातावरण सफा राख्न १६ जना युवाहरुको टिम रहेको फेवा अभियान तथा प्रोजेक्ट नेचर नेपालका संयोजक विशालजंग थापाले बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले युवाहरुले गरेको कामको प्रसंशा गर्दै फेवताल सफा राख्न वडा बाट गर्न सकिने सहयोगका लागी आफु तत्पर रहेको बताउनु भयो ।
परिणाम मुखि नतिजा निकाल्न भाषण भन्दा एक्सनमा जानुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नागरिक समाजको संयोजक बिष्णुहरि अधिकारी, रेवान पोखराका अध्यक्ष भीमसेन भुजेल, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायतले मुलुक बनाउने काम युवाबाटै संम्भव हुने बताउनु भयो । उहाँहरुले अन्य देशहरू पनि युवाहरुकै संक्रियताबाट देश सफा, सुन्दर र विकसित बन्न पुगेको बताउदै युवाहरूलाई अझ सशक्त भएर लाग्न हौसला प्रदान गर्नु भयो ।
उक्त कार्यक्रममा फेवाताल सरसफाइ सम्बन्धित सचेतनामुलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।