कास्कीका ६६ सहित प्रदेशभर ७४ संक्रमित थपिए

कास्कीमा ६६ जनासहित गण्डकी प्रदेशमा ७४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ३ जिल्लामा ७४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका ६६ मध्ये ४० जना प्रहरी छन् ।

कास्कीका ६६ बाहेक लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय ८० पुगेको छ ।
तीमध्ये १९ सय ३५ संक्रमित निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७     5:20:53 PM

Tara Chapagain

See all posts by