बैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाइ छात्रवृति वितरण

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाइ छात्रवृति प्रदान गरेको छ । इकाइले श्रम स्वीकृत लिएर रोजगारमा गएका कास्की ३६ जना छात्रछात्रालाइ छात्रवृति प्रदान गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बैदेशिक रोजगारीमा गइ ज्यान गुमाएका परिवारका बालबालिकालाइ छात्रवृति वितरण गर्नु भयो ।

क्षेत्रीले सरकारको गरेको सानो सहयोगले मलम पट्टी लगाउने काम गरेको बताउनु भयो । ‘ रकम थोरै भएपनि सरकारले आफनो सहभागीता को अनुभुती गराएको छ , यो छात्रवृति खुशी र रमाइलो होइन् दुर्घटनाको कारण यस्तो अवस्था सृजना भयो , सानो सहयोग भएपनि बालबालिकको भविश्य संग जोडिएको छ ।, उहाँले भन्नु भयो ।

उहाँले ३०, ४० हजार कमाउनकै लागी विदेश जानु भन्दा स्वदेशमै परिवार सगै बसेर आयआर्जन गर्न सरकारले सहुलियत व्याजदरमा श्रृण उपलब्ध गराएको बताउदै यसको सदुुपयोग गर्न आग्रह समेत गर्नु भयो । केहि युवाहरु कृषि तर्फ आर्कषण बढेको भन्दै क्षेत्रीले पछिल्लो समय बैदेशिक रोजगारमा जाने संख्यामा कमि आएको बताउनु भयो ।

इकाइका प्रमुख नारायण सुबेदीले रकम वितरण प्रक्रियामा विभीन्न कारणले केहि ढिलाइ भएको स्वीकार्नु भयो । छात्रवृति पर्याप्त नभएपनि सरकारको सानो सहयोगलाइ जुन प्रयोजनका लागी हो त्यसकै लागी खर्च गरि उपस्थित अभिभावकलाइ बालबालिकाको शिक्षा तर्फ ध्यान दिई सहयोग गर्न आग्रह गर्नु भयो ।
सामी परियोजना प्रमुख माया गुरुङले छात्रवृतिका लागी समबन्धित ठाँउमा आवाज उठाएपछि नियम बनाउन सफल भएको अनुभव सुनाउदै अगामी दिनमा यस्तो छात्रवृति लिने बालबालिकाको संख्या थप नहोस भन्ने कामना गर्नु भयो । उहाँले सम्पुर्ण अभिभावकलाइ रकम सानो भएपनि बालबालिकाको पढाइमै खर्च गर्न सुझाउनु भयो ।

सहभागी अभिभावक सरस्वती वास्तोलाले थोरै रकम भएपनि विपन्न वर्गलाइ सहयोग पुग्ने बताउनु भयो । उहाँले कतिपयले कपी कलम पनि किन्न नसकेको जानकारी दिदै आभागी दिनमा उच्च शिक्षाका लागी पनि छात्रवृति प्रदान गर्ने वातावरण बनाइदिन सरकारलाइ आग्रह गर्नु भयो । सरकारले श्रम स्वीकृती लिइ बैदेशिक रोजगारमा गएका सोहि क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाइ कक्षा १ देखि ८ सम्मको लागी वार्षिक ८ हजार र ९ देखि १२ सम्मका लागी १२ हजार रकम छात्रवृति दिने निर्णय गरेको छ । छात्रवृति कार्यक्रममा ८ हजार पाउने २४ जना र १२ हजार पाउने १२ जना गरि कास्कीका ३६ जना छात्रछात्रलाइ छात्रवृति प्रदान गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७     6:21:32 PM

Tara Chapagain

See all posts by