राष्ट्रिय गौरवका आयोजनामा मध्ये छिटो समपन्न हुने आयोजना ः मन्त्री भटट्राइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माण कार्य सन्तोष जनक भएको बताउनु भएको छ । विमानस्थलको निर्माण कार्यको अनुगमन गर्न आउनु भएका मन्त्री भटराइले लकडाउनको अवस्थामा पनि कामको प्रगती भैरहेको र समयमै सकिने बताउनु भएको छ । उहाँले राष्ट्रिय गौरवका आयोजना मध्ये छिटै समपन्न हुने आयोजना रहेको बताउनु भयो ।

पोखरा विमानस्थल २०२१ जुनमा समपन्न हुनेगरि प्रगतीका साय अगाडी बढेको छ , ६ महिना अगाडी सकिने भनेपनि लकडाउका कारण केहि ढिला भयो तर समयमै सकिन्छ , । उहाँले नेपालका २१,२२ वटा राष्टिय गौरवका आयोजना मध्ये को एक पोखरा विमानस्थलको काम तिव्र गतिमा भएको जानकारी दिनु भयो ।
मन्त्री भटराइले आवश्यक चिनीया कामदारका लाइ परराष्ट्र मन्त्रालय मार्फत समयमा ल्याउने पहल गर्ने सहयोग गर्ने जानकारी दिनु भयो । ‘सरकारले ठुला आयोजनाका लागी विदेशी कामदार वा प्रावधिक नेपाल ल्याउन रोक लगाइको छैन्, भन्सार र नाकामा आवश्यक सहयोग गर्नेछौ, । उहाँले ल्याण्डफिल र डाँडा काटने कामका लागी प्रदेश सरकार र महानगर संग समन्वय गरि अगाडी बढने जानकारी दिनु भयो ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले हाल सम्म ६४ प्रतिशत काम समपन्न भएको जानकारी दिनु भयो । मन्त्री भटटराइ समस्या र आवश्यकताको बारेमा गरिएको प्रश्नमा उहाँले निर्माण कार्यका बारेमा जानकारी गराउदै उहाँले समपन्न गर्न चिनीया कामदार आवश्यक रहेको बताउनु भयो । जवाफमा मन्त्री भटटराइले कार्यलयका तर्फबाट प्रक्रिया अगाडी बढाउन निर्देशन गर्दै आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कोभिड– १९ का कारण पोखरामा निमार्ण भैरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको कामलाइ खासै असर गरेन् । लकडाउनको समयमा पनि काम निरन्तर नै हुदै आएको छ । अब भने चीनबाट आउने २ सय जान मजदुरहरु छिटै ल्याउन नसके समयमा नसकिने भन्दै चिन्ता बढेको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनु भयो ।

पोखरा १४ मा ०७३ साल बैशाख १ गते शिलान्यास गरिएको विमानस्थल निमार्णको काम ०७४ साउन १८ गतेवाट सुरु गरिएको थियो । चीन सरकारको सहुलीयत क्रणमा निमार्ण भै रहेको विमानस्थलको लागि चीनको एक्जिम बैंकले आबश्यक २१ करोड७० लाख अमेरिकी डलर अर्थात नेपालीकरिव २२ अर्ब क्रण उपलब्ध गराएको हो । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङ पाएको थियो । सरकारले २०७१ जेठ ८ म सीएएमसी संग ठेक्का सम्झौता गरेको थियो । ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लामो रनवे रहने विमानस्थल निर्माण पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरह का जहाज आउजाउ गर्न सक्ने छन । ति विमान १ सय ४० देखी १ सय ८० जना क्षमताका हुनेछन ।

उहाँका विमानस्थल भित्रसम्पुर्ण सुरक्षा र स्वाथ्यका विधी अपनाएर काम गरेकोले कोरोनाको त्रास नभएको जानकारी दिनु भयो । अहिले विमानस्थलको गाडी गुड्ने रोड, मुख्य रोड र ट्रर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ भने कार पार्किङ, रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङ र केबलको कामहरु सकिएको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । मेकानिकल, इलेक्ट्रिकल कामहरु चलिरहेका छन् । त्यसैगरि १४ वटा बिल्डिङको हकमा बिल्डिङको स्ट्रक्चर सकेर फनिसिङको काम सकिएको छ भने ३ वटा बिल्डिङको काम भैरहेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     4:33:49 PM

Tara Chapagain

See all posts by