धरापमा रहेको विजयपुर पुलको मर्मत सकियो, १५ दिनभित्र संचालनमा आउने

काठमाडौबाट पोखराबजार प्रवेश गर्ने नाकामा धरापमा रहेको विजयपुर पुल मर्मत कार्य सकिएको छ । एक दशक भन्दा पहिले निर्माण सम्पन्न भएको उक्त पुलको बिचभागमा रहेका बिमहरुमा समस्या (डिफेक्ट) देखिएको पछि सवारी आवगमनमा रोक लगाइ मर्मत थालिएको थियो ।

पुल मर्मतका लागि सडक डिभिजनबाट टेन्डर आह्वान भई असार पहिलो सातामै जलप नेपाल प्रालिले १ करोड ३९ लाखमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको सडक डिभिजन पोखराका प्रमुख सुनिल बाबु पन्तले जानकारी दिनु भयो । मर्मतको सम्पुर्ण काम सकिएको छ,अब लोड टेष्ट गर्न बाकी छ, अहिले संचालन गर्न पनि मिल्छ, ढलानलाइ २८ दिन राख्नुपर्ने भएकोले, सबै प्रक्रिया पुरा गरेर खौल्छौ, पन्तले भन्नु भयो । ‘मर्मतका लागी ठेक्का लिएको रकम भन्दा १० लाख कम खर्चमा सकिएको छ भुक्तिनी भैसकेको छैन्, तर १० लाख कम खर्च भएको छ , उहाँले थप्नु भयो ।

गत वर्ष ११ ठाउँबाट बटम कड भाँच्चिए (क््रयाक) पछि २३ ठाउँबाट स्टिल पाता गाँसेर टेको लगाइएको थियो । बर्खाको समय सुरु हुनैसाथ विजयपुर खोलाबाट बेसमेन्ट उठाई लगाइएको टेको पानीले बगाएको थियो । जीर्ण पुलको पुलचोक इन्जियरिङ क्याम्पसबाट डा. भरत मण्डलको टोलीले १ वर्ष अघि नै अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनले पुलको विकल्पमा नयाँ पुल निर्माण गर्न र जीर्ण पुललाई नै मर्मत गरेर सञ्चालनमा ल्याउन सुझाव प्रमुख पन्तले जानकारी दिनु भयो ।

राजमार्गमा अध्यधिक भारवहन क्षमता भएका सवारी गुडिरहने र ठूला आयोजनाका सामग्री ढुवानीमा भइरहेको समस्या टार्नलाई पनि पुलको तत्कालै मर्मत थालिएको उहाँले बताउनु भयो । पोखरा–मुग्लिन सडक खण्ड ४ लेनमा निर्माण गर्ने आयोजना छ । विजयपुल खोलामा को सो पुलले १० देखि १५ वर्ष धान्ने उहाँले बताउनु भयो ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     9:05:13 AM

Tara Chapagain

See all posts by