आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

सुनसरी ।आइएमइलाइफइन्स्योरेंस कम्पनी धरानशाखाले एक बिमितलाई २० लाखमुत्यु दावी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यानगुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी दिएको हो ।

तिनबर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाको विमा गरेका विमित मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको आईएमई लाईm ईन्सोरेन्सले जनाएको छ ।

स्वर्गिय मगरले कम्पनीमा मिति २०७४असोज ४ गते बिमा गरेका थिए । उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । स्वर्गीय मगरको परिवारले एक महिनाभित्र नै आवश्यक
कागजात सहितविमा रकममागदावि गर्ने वित्तिकै रकम भुक्तानी दिईएको धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए ।

शाखाप्रमुख राईका अनुसार कम्पनीले बीमाबापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट २० लाख ६० हजारको चेक इन्सोरेन्सकाप्रदेश नं. एक प्रमुख कर्मराज पौडेलले वितरण गरेका थिए । आइएमइ लाइफइन्स्योरेंस धरान शाखा कार्यालयका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु लगायत मृतकका आफन्तजनहरुको उपस्थितिमा विमा रकम भुक्तानी गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     8:55:10 AM

Tara Chapagain

See all posts by