खानेपानीका पोखराका कर्मचारी २५ हजार घुससहित पक्राउ

खानेपानीका पोखराका कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् ।

वाग्लेलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले बगर ट्याक्सीचोकस्थित आशा मम १ रेष्टुरेन्टबाट सेवा ग्राहि याम भटटराइबाट घुस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार कार्यलय पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनु भयो ।

खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।
सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा उहाँले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     2:13:26 PM

Tara Chapagain

See all posts by