सवारी ज्यान मुद्घाका सुरेन्द्र गिरी १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा सजाय फैसला भएका पोखरा १७ दोबिल्लाका ४२ वर्षीय सुरेन्द्र गिरीे १८ वर्षपछि पक्राउ पर्नु भएको छ ।
सवारी ज्यान मुद्दामा चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौडले उहाँलाई २०५९ सालमा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेका थियो ।
हालसम्म फरार रहेका उहाँलाई बुधबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा १७ दोबिल्लाबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो ।

प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     2:52:12 PM

Tara Chapagain

See all posts by