पोखरा विमानस्थल ः चिनीयाँ कामदार ल्याउन नसके समयमा काम नसकिने चिन्ता

कोभिड– १९ का कारण पोखरामा निमार्ण भैरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको कामलाइ खासै असर गरेन् । लकडाउनको समयमा पनि काम निरन्तर नै हुदै आएको छ ।

अन्र्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निमार्ण भै रहेको विमानस्थल निमार्णको काम सन् २०२१ भित्र सकेर उडान सुरु गर्ने लक्ष्य साथ तिनवर्ष अघि निमार्णको काम सुरु भएको थियो । अब भने चीनबाट आउने २ सय जान मजदुरहरु छिटै ल्याउन नसके समयमा नसकिने भन्दै चिन्ता बढेको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनु भयो ।

मुनाकर्मीका अनुसार विभिन्न कामका लागि चीनबाट थप २ सय कामदार ल्याउनुपर्ने भएपनि अन्तर्राष्ट्रिय उडान सहज नहुदा उनिहरुलाई आउन नसकेको कारण केहीकाम रोकीएको जानकारी दिनुभयो । पोखरा १४ मा ०७३ साल बैशाख १ गते शिलान्यास गरिएको विमानस्थल निमार्णको काम ०७४ साउन १८ गतेवाट सुरु गरिएको थियो । चीन सरकारको सहुलीयत क्रणमा निमार्ण भै रहेको विमानस्थलको लागि चीनको एक्जिम बैंकले आबश्यक २१ करोड७० लाख अमेरिकी डलर अर्थात नेपालीकरिव २२ अर्ब क्रण उपलब्ध गराएको हो ।

विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङ पाएको थियो । सरकारले २०७१ जेठ ८ म सीएएमसी संग ठेक्का सम्झौता गरेको थियो । ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लामो रनवे रहने विमानस्थल निर्माण पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरह का जहाज आउजाउ गर्न सक्ने छन । ति विमान १ सय ४० देखी १ सय ८० जना क्षमताका हुनेछन ।

चीनबाट ल्याउनुपर्ने २ सय कामदार छन् । विमानस्थल निर्माणमा हाल २४४ चीनियाँ र ११८ नेपाली कामदारले अहिले विमानस्थलमा काम गरिरहेका छन् । काम सकिएका केही कामदार स्वदेश फर्केका छन् । करिब ५० जति कामदार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै जाने प्रमुख मुनाकर्मीले जानकारी दिनु भयो ।
निर्माण सामाग्री कुनै अभाव नहुदा काम रोकिएको छैन्, अब भने समयमै चिनबाट कामदार नेपाल ल्याउन सकेमात्रै तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुनेछ, सकेनौ भने गाहे पर्ला, प्रमुख मुनंकर्मिले भन्नु भयो । ‘कामदार आउन ढिलाइ भयो भने केही पछाडि धकेलिन्छ, समयमा निर्माण सक्न गाहे पर्छ ,ढिलो नहोस् भनेर हामीले अहिले देखि नै प्रक्रिया अगाडि बढाएका छौँ’, यसमा सरकारको सहयोग महत्वपुर्ण छ । उहाँले थप्नु भयो ।

सिमा नाका सहज भएकोले निर्माण सामाग्री ल्याउन सहज भएकोले पनि निर्माण कार्य गाहे नभएको उहाको भनाइ छ । ‘नदिजन्य पहिलाबाट स्टक थियो, सरकारले लकडाउन गरेपछि वा गर्नु अगावै पनि हामीले निर्माण सममाग्री संकलन गर्ने तिर ध्यान दिएकोले सहज भएको हो। ,पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकोले पनि सरकारले प्रक्रिया पुरा गरि कामदार ल्याउनेमा विश्वस्त रहेको मुनकर्मिको जानकारी गराउनु भयो । अक्टुवर भित्र चिनीया कामदार आइपुगे मात्र समयमा काम सक्ने उहाँले बताउनु भयो ।

‘यसमा सरकारको सहयोग आवश्यक छ , चीनबाट ल्याउने कामदारका लागी समयमै सरकारले कामदार भिषा उपलब्ध गराएमा काम रोकिने छैन् , होइन भने काम निर्धारित समयमा सकिन्न, मुनाकर्मिले थप्नु भयो । प्रमुख मुनाकर्मीले पूर्वाधार निर्माणका काम धेरै जसो सकिए पनि इक्युपमेन्ट स्ट्रक्चरको काम बाँकी रहको जानकारी दिनु भयो । इक्युपमेन्ट स्ट्रक्चर र डेकोरेशनका स्पेशल विज्ञ चीनबाट मगाउनु पर्ने उहाँको भनाइ छ ।

उहाँका विमानस्थल भित्रसम्पुर्ण सुरक्षा र स्वाथ्यका विधी अपनाएर काम गरेकोले कोरोनाको त्रास नभएको जानकारी दिनु भयो । अहिले विमानस्थलको गाडी गुड्ने रोड, मुख्य रोड र ट्रर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ भने कार पार्किङ, रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङ र केबलको कामहरु सकिएको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । मेकानिकल, इलेक्ट्रिकल कामहरु चलिरहेका छन् । त्यसैगरि १४ वटा बिल्डिङको हकमा बिल्डिङको स्ट्रक्चर सकेर फनिसिङको काम सकिएको छ भने ३ वटा बिल्डिङको काम भैरहेको छ । यो सगै हालसम्म विमानस्थलको निर्माण कार्य ६३ प्रतिशत सकिएको छ ।

विमानस्थल निमार्णको लागि पोखराको छिनेडाँडामा ०३२ सालमा ३ हजार १ सय ६ रोपनीजग्गा अधिग्रहण गरिएको थियो भने पछि थपगरिएको जग्गा सगै करिब ३ हजार ८ सय रोपनि क्षेत्रफलमाबिमान स्थल निमार्ण भै रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २३, २०७७     7:02:46 PM

Tara Chapagain

See all posts by