पोखरा फुड्समा कार्यरत २५ जना सहित पोखरामा ३१ सगै गण्डकीमा ६७ जना संक्रमित

पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लि. मा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।

त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसैगरी पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना र तनहुँमा ३ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ २२, २०७७     7:10:19 AM

Tara Chapagain

See all posts by