गण्डकीका प्रदेशका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँग उहाँलाइ कन्ट्याक ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा आइतबार पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनु भयो ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारी जोखिमममा परेका थिए ।
गण्डकी प्रदेशमा आइतबार थप ६९ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २१, २०७७     2:28:19 PM

Tara Chapagain

See all posts by