विहानै थपिए पोखरामा १६ सहित गण्डकीमा ४० संक्रमित

पोखरामा शुक्रवार विहानै १६ जना सहित गण्डकी प्रदेशमा ४० जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखराको विभिन्न सात वडामा दुइ महिला सहित १६ जनामा संक्रमण पुष्टि भएको हो । वडा नं १५ मा सात जना सुरक्षाकर्मीमा समेत संक्रमण फेला परेको छ ।

त्यसैगरी नवलपरासीमा १७ जना तनहुँमा दूई, लमजुङमा तीन,स्याङ्जा र बाग्लुङमा एक÷एक तथा जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     7:06:44 AM

Tara Chapagain

See all posts by