कोरोनाले ब्यापार चौपट भएपछि, पोखराका युवा ब्यवसायी बंगुरपालन तर्फ

कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवसाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवसायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवसायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव (थ्अअ ल्भउब)ि कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन सुरु गरेका हुन । पोखरा महानगरपालिकाको ३३ नम्बरमा पर्ने सहरेतरामा रहेको पिगपार्कमा ४ हजार सात सय ६० स्क्वारफुट क्षेत्रफलमा बंगुरपालन सुरु गरेको हो ।

क्लवमा आवद्ध युवा व्यवसायीहरु सम्मिलित भइ ८४ लाखको लगानिमा बंगुपालन शुरु गरिएको मित्रता एग्रो प्रा.लि.का निर्देशक जयन्ती मोक्तानले बताउनु भयो । लकडाउनका कारण आफुहरुको ब्यवसायनै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी आफुहरुले अवको पाटो कृिष जन्य बस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो बिकास सम्भव हुने भएकाले युवाहरुलाई कृिषतर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन सुरु गरिएको मोक्तानले जानकारी दिनु भयो ।

२० देखी ४५ वर्ष उमेर समुहका युवाहरुलाई क्लवमा समाहित गराइ मित्रता एग्रो प्रालिमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाहरुले सानो लगानीमा कृषि कार्यक्रममा सहभागीता जनाउन सक्ने उहाँको भनाइ छ । हाल १ सय १५ जना युवा ब्यवसायीहरुबाट बंगुरपालन सुरु गरिएको भएतापनि निकट भविष्यमा तरकारी उत्पादन, कृिष, पशुपन्क्षी जन्य सामाग्रीको उत्पादन र विक्री वितरण गर्ने लक्ष्य प्रालिले दिएको निर्देशक मोक्तानले जानकारी गराउनु भयो ।

श्रेष्ठका अनुसार कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको छ । क्लवमा आवद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनी मार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन । पोखरामा स्थापना भएको युथ कमिटि क्लवले पांच वर्षभित्र नेपालको सात वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले भनाइ छ । हाल क्लवमा ३ सय ५० जना सदस्य रहेको भएतापनि एग्रोमा भने १ सय १५ जनाले शेयर राखेका छन भने अन्य सदस्यहरु समेत यसमा थपिदै गइरहेका छन । क्लवमा आवद्ध सदस्यले २५ हजार देखी १ लाख सम्म शेयर मार्फत लगानी गर्न सक्ने क्लवका कोषाध्यक्ष बिकास गुरुङले वताउनु भयो ।

क्वले स्वदेशमा रहेका युवा ब्यवशायी संगै विदेशबाट नेपाल फर्केर केही गर्न चाहनेहरुलाई लक्षित गरी पनि उत्पादनमुलक क्षेत्रहरु जस्तै पशुपालन, कुखुरा, हांस, माछा, मौरी, बंगुरपालन, तरकारी जन्य बस्तुको उत्पादन तथा बिक्री वितरणका लागी समेत काम गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी मित्रता एग्रो प्रा.लि.ले पारिवारीक र निर्वाहमूखि व्यवसायलाई विविधीकरण, व्यवसायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दिगो बनाउन प्रभावकारी सेवा प्रवाह एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्ने , विदेश पलाएन भैरहेका तथा बेरोजगार युवा जनशक्तिलाई नेपालमै आन्मनिर्भर बनाउने प्रालिको उद्देश्य रहेको छ ।

एग्रो प्रा.लिले युवा व्यवसायीको ज्ञान, सीप, क्षमतालाई समाजमा प्रयोग गरी त्यसमा उत्पन्न हुने समस्यालाई समाधानका लागी सहयोग गर्ने र संस्थाका सदस्यहरुमा दैनिक प्रकोप पीडित तथा घातक रोगबाट समस्यामा परेमा संस्था भित्रका सदस्यहरुबाट सहयोग उपलब्ध समेत गराउने लक्ष्य लिएको छ । सम्पूर्ण युवाहरुलाई व्यवसाय प्रति आस्थावान बनाई राष्ट्रलाई सभ्य सम्मृद्धि बनाउन प्रयत्न गर्ने प्रालिको मुख्य लक्ष्य रहेको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १८, २०७७     9:38:02 AM

Tara Chapagain

See all posts by