पोखरा रामबजारमा ९ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिकालाइ बलत्कार गर्ने एक व्याक्तिलाइ कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १० मिलनचोक बस्ने ५५ वर्षिय रेश बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

बिगत ५ महिना देखी ललाई फकाई गरी यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । बालिका बलात्कृत भएको थाहा पछि बालिकाका अभिभावकले आफ्नै छिमकेकी रहेका गुरुङ लाइ यस्तो जघन्य अपराध गरेको उजुरी कास्की प्रहरीमा दिएका थिए ।

प्रहरी कार्यलय कास्कीका प्रवक्ता तथा सुचना अधिकारी सुवाश हमालका अनुसार अभियुक्तलाई कास्की प्रहरीले हिजो आईतबार राति पक्राउ गरेको थियो ।
भदौ ११ गते बलात्कारको घटना बालिकाको घर परिवारका सदस्यलाई थाहा भएको सुइको पाएपछि अभियुक्त फरार भएका थिए । कास्की प्रहरीले घटना गुपचुप राखेर उहाँको खोजी गरिराखेको थियो ।

कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय स्याङ्जा संग समन्वय गरी जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पोखरा ल्याईएको र जबरजस्ती करणी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाएको जानकारी दिएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ १५, २०७७     12:37:25 PM

Tara Chapagain

See all posts by