चुलो जलाउने देखि घरभाडा तिर्ने सम्मको समस्या

विगत १२ वर्षदेखि पोखराको फेवातालमा डुङगा चलाएर आफनो जिवीकोपार्जन गर्दै आएकी लक्ष्मी नेपालीले डुङगा चलाउन नपाएको करिव ६ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसायनै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुदा हाल उहाँ समस्यामा पर्नुभएको छ ।

‘अब त भाडा तिर्नु पर्यो नि,बन्द कहिलेसम्म हो, कति पर्खनु, घरबेटिले भनेको सुनाउदै नेपाली भन्नुहुन्छ , कमाइ नभएको कति भैसक्यो भाडा कसरी तिर्नु, एक हप्ताको म्याद दिएर भरबेटिले भाडा मागेका छन्,। नेपालीले भन्नु भयो । “हरेक दिन फेवताल आउदै डुङगा हेर्दै फर्कर्ने गरेको सुनाउदै के गर्नु घरमा बस्न मन लाग्दैन्, केहि दिन ज्यामीकाम गरे अहिले त्यो पनि छैन्, नेपालीले थप्नु भयो ।

सिन्धुलीका विमल तामाङ पनि डुङगा कहिले चलाउन पाईएला अनि सहज तरिकाले आफनो रोजीरोटिको जोहो गरौला भनेर हरेक दिन फेवा किनारमा आउदै टोलाएर बस्ने गरेको पनि ५ महिना बढी भै सक्यो । डुङगा चलाउन कहिले पाईएला र रोजीरोटिको जोहो गरौला भनेर हरेक दिन फेवताल किनारमा टोलाएर बस्ने गरेको बताउदै तामाङले काम बन्द हुदा खाने देखि घरभाडा तिर्ने समस्या परेको भन्दै दुखेसो पोख्नुभयो ।

‘लकडाउन चाडै खुल्ला र आफनो काम गर्न पाईएला भनी घर पनि गइएन् ,खुल्ला भन्दै बस्दै गर्दा अबत रोगले भन्दा भोकले मरिएका की जस्तो भयो, अन्य काम पाएको छैन् , तामाङले गुनासो गर्नु भयो । यो नेपाली र तामाङको मात्र समस्या हैन फेवातालमा डुङगा चलाएर आफनो जिवीकोपार्जन गर्दै आएका करिव ५ सय डुङगा व्यवसायीको चुलो जलाउने देखि घरभाडा तिर्ने सम्मको समस्याले उनिहरुलाई सताएको हो । उनिहरुमध्ये ४० जना महिला डुङगा व्यवसायी रहेका छन् ।

कोभिड १९ को कारण सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रत्यक्ष असर फेवातालमा पनि परेको हो । कोरोना अघि दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटक तालमा डुङगा शयरका लागि आउने गरेकोमा कोरोनाका कारण हाल पर्यटकको आगमन शुन्य छ भने डुङगा मनोरञ्जन भित्र पर्ने भएकाले प्रसाशनले संचालनमा समेत रोक लगाएको छ ।

पोखराका आउने अधिकाश पर्यटकले तालको विचमा रहेको तालवाराही मन्दिरको दर्शन सगै ताल वरिपरि अवलोकनका लागि डुङगा चढ्ने गरेका थिए । जसका कारण व्यवसायिहरुको घरमा चुलो जलेको थियो । अहिले यो दुवै बन्द अवस्थामा रहेकाले समस्या खडा भएको हो । फेवा डुगां व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले डुङगा व्यवसायीको समस्या सुरुमा सामान्य देखीएपनि हाल जटिल बन्दै गएको बताउनु भयो । लकडाउन सुरु सगै संगठनले उनिहरुलाई केहि राहत दिएपनि बन्दाबन्दी लम्वीएका कारण समस्याको विकल्प नभेटिएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो, व्यवसाय खुल्ला गर्न सिडीयो कहाँ पुगेका थियौ,डुङगा व्यवसायीलाइ यातायात भित्र नभइ मनोरञ्जन भित्र राखिदो रहेछ , मनोरञ्जन अत्यावश्यक भित्र नपर्ने भएकोले संचालनमा गर्न रोक लगाइयो, ।उहाँले कोरोना भाइरसको महामारी बढदै गएकोले सावधानी अपनाउनु महत्वपपुर्ण रहेको बताउदै व्यवसायीहरुलाइ डुङगा संचालन नहुदा सम्म अन्य काम खोजेर तत्कालको समस्या टार्न पनि आग्रह गर्नु भएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ १४, २०७७     3:11:17 PM

Tara Chapagain

See all posts by