तीजको पञ्चमी नुहाउन गएकी महिलाको बगेर मृत्यु

कास्कीमा तीजको पञ्चमी नुहाउन गएकी एक महिलाको बगेर मृत्यु भएको छ । आइतबार विहान कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मा खोलाले बगाउदा महिलाको मृत्यु भएको हो ।

हरितालिका तीजको ऋषि पञ्चमी नुहाउन र दतिवन खान विहान ५ः३० बजे नदीमा पुगेकी २४ वर्षीया दीपा गौतमलाई कालीमाटी र नागीको बीचबाट बगेर मर्दीमा मिसिने कस्युङ खोलाले बगाएको थियो ।

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासको क्रममा चार घण्टापछि मृतावस्थामा फेला पारिएको माछापुच्छ«े गाउँपालिका–९ वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

गौतमको शव घटनास्थलबाट अन्दाजी ७०० मिटर तल ९ः३० बजेतिर नदी किनारमा फेला परेको उहाँले बताउनु भयो ।
पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती रहेकी उहाँको साढे दुई वर्षको छोरी पनि हुनुहुन्छ ।

प्रकाशित मितिः आइतवार, भदौ ७, २०७७     6:29:53 PM

Tara Chapagain

See all posts by