महत्वपुर्ण समयमा मल पाइएन् किसान

कास्कीका अधिकांश किसानले धान गोड्ने बेलामा खेतमा युरिया मल राख्न नपाएको गुनासो गरेका छन् । हेमजाको फाँटमा धान गोडदै गरेका श्याम थापाले मल नहुदा उत्पादन घट्नेमा कुनै शंका नै नभएको दावी गर्नु भयो ।

“यो समय मल राख्न नपाउदा त धान उत्पादन स्वत घटयो नि,यसमा कुनै दुविधा नै छैन्, । धान राप्ने बेला समयले साथ दिएपनि गोडने वेला मल नपाउदा धान उत्पादन घटने उहाँको भनाइ छ । “के गर्नु समय नै यस्तैछ , कोरोनाको कहरको बेला मल पाइएन् के भन्नु ,जति उत्पादन होला के गर्ने त ? मसिनो श्वरमा उहाँले थप्नु भयो ।

पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनहर कडहरियाले किसानले महत्वपुर्ण समयमा मल हाल्न नपाएको बताउनु भयोे । हरेक दिन किसानले मल कहिले आउछ भन्दै कार्यलय धाउने गरेको जानकारी गराउनु भयो । कडहरीया भन्नु हुन्छ “गोडने बेलामा मल राखेको धानले पो राम्रो उत्पादन दिन्छ, किसान सधै केहि न केहि कारणले मर्कामा पर्छन् ,कहिले समयमा धान रोप्न पाउदैनन्,अहिले समयमा धान रोप्न पाए ,तर मल पाएनन् ।

अहिले धान रोप्ने बढेपनि मल समयमा नपाउदा उत्पादन घट्न्े कृषकको चिन्ताको विषय बनेको कडहरियाको भनाइ छ । अघिल्ला वर्षहरुमा सरकारले मलका लागी बजेट छुट्याउन सकेन, यो पटक बजेट दियो, मल आउन सकेन, सधै किसान मारमा, उहाँले थप्नु भयो ।

पोखरा वडा नं ११ कल्याणकारी सहकारीका सदस्य लक्ष्मी वास्तोलाले समयमा मलको जोहो गर्ने बानी नभएका कारण किसानहरुले दुख पाएको बताउनु भयो उहाँ भन्नु हुन्छ, तराइतिर पहिलाबाटै मल स्टक राख्ने चलन छ , तर पहाडमा छैन्,। पोखरामा कृषि सामाग्री कम्पनी र साल्ट टे«डिङले किसानलाइ मलको बिक्री वितरण गर्छ ।

पोखराको कृषि सामाग्री कम्पनी पोखराका प्रमुख मुरली मोहन रेग्मीले सरकारले दिने अनुदानको युरिया मल आउन समय लाग्ने हुदा धानमा मल प्रयोग गर्ने समयमा किसानले मल नपाउदा मारमा परेका जानकारी दिनु भयो । असोज लाग्न सक्छ, पोटास्, डिएपी छ तर युरिया छैन्, । गत आर्थिक वर्ष ९ सय ४४ टन मल खपत भएकोमा यस वर्ष भने बाँझो जग्गा घडेरीमा खेती गरेकोले असार भन्दा अगावै ११ सय २३ टन मल बिक्री भैसकेको जानकारी दिनु भयो ।
युरिया सल्फेकको समस्या छैन्

पोखराको साल्ट टे«डिङका प्रमुख सुरेशराज भण्डारीले युरयिा सल्फेकको समस्या नभएको बताउनु भएको छ । उहाँले शुक्रवारदेखि कास्की, तनहुँ र लमजुङ गरि ३ जिल्लामा युरयिा सल्फेक पुगीसकेको जानकारी दिनु भयो । विरगञ्जबाट आइपुगेको सो मलले तिन जिल्लाको किसानलाइ केहि राहत हुने उहाँले जानकारी दिनु भयो । विकल्प को रुपमा किसानहरु यहि मल प्रयोग गर्छन् , यो मह्गो छ, तर पनि सहकारीहरुले लगेका छन् , भण्डारीले भन्नु भयो ।
यस वर्ष लकडाउनका कारण समयमा उपलब्ध गराउन नसकेको बताउदै १ हप्तामा युरिया साल्ट टे«डिङमा आइपुग्ने जानकारी गराउनु भयो ।

प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७     2:03:33 PM

Tara Chapagain

See all posts by