पोखरामा ११ सहित गण्डकीमा १८ जना कोरोना संक्रमण

पोखरा महानगरपालिकामा सनिवार ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरि ७ वटा वडामा ११ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएको जानकारी अनुसार सबै संक्रमित पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा यो सहित १८ जना थपिएका छन् । तनहुँका २ जना, बागलुङका २ जना, गोरखा , स्याङजा र नवलपुरका १,१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ ।

प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७     12:47:10 PM

Tara Chapagain

See all posts by