पोखराको लेकसाइडमा पनि भेटिए कोरोना संक्रमित

पोखराको लेकसाइमा पनि कोरोना संक्रमित भेटिएका छन् । महानगरपालिका वडा नं. ६ मा २३ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका अन्य वडाहरुमा संक्रमित भेटिदा लेकसाइड सुरक्षित रहेको स्थानिय बताउदै आएका थिए ।

वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले भन्नु हुन्छ, वडामै देखिएपछि अब थप सर्तकता अपनाउनु पर्ने देखिएको छ, कसरी जाने भन्ने विषयमा छलफल गर्नेछौ,। पोखराको वडा नं ६ लेकसाइड पर्यटकिय एरिया हो । लकडाउनको बेला यहाँ रहेका पर्यटनहरु केहि स्वदेश फर्किए भने केहि अहिले पनि पोखरा सुरक्षित रहेको भन्दै यहि बस्ने इच्छा प्रकट गर्दै आएका छन् ।

आज नै पोखरा १६ मा पनि एक जना ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनु भयो ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ५० जना पुगेको छ ।

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     9:57:14 AM

Tara Chapagain

See all posts by