सशस्त्रका एसएसपी पुर्पक्षका लागि थुनामा

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरिक्षक राजेन्द्र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न कास्की जिल्ला अदालतले मंगलवार आदेश दिएको छ ।

पुर्पक्षमा रहने गरी अनुसन्धान गर्न आदेश पछि एसएसपी अधिकारी जिल्ला कारागार शाखा कास्की चलान हुनुभएको हो । सोमवार र मंगलवार अदालतमा भएको थुनछेक बहश पछि न्यायाधीश दिपक कुमार खरेलको एकल इजलाशले सो आदेश दिएको हो ।

सशस्त्र प्रहरी हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखसमेत रहेका एसएसपी अधिकारीले चितवन घर भएकी अन्दाजी २७ वर्षकी युवतीलाई आफ्नो क्वार्टरमा खाना खान बोलाएर गएको असार ३१ गते जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । जबरजस्ती करणी गरे पश्चात पिडित युवतीले प्रहरीलाई खबर गरेको थाहा पाएर कार्यालय परिसरभित्रै रहेको झाडीमा लुकिरहेको अवस्थामा प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।

घट्नाका वारेका जिल्ला प्रहरी कार्यालयले २४ दिन अनुसन्धान गरेपछि जिल्ला सरकारी वकीलको कार्यालयले अघिकतम २१ वर्ष कैद सजाए र पिडित युवतीलाई उचित क्षर्तीपुर्तीको माग गदै आईतवार जिल्ला अदालतका आरोपपत्र दत्र्ता गरेको थियो ।

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     9:50:22 AM

Tara Chapagain

See all posts by