गाँउको उत्पादन गाँउकै चौतारोबाट बिक्री हुन्छ, बिचौलीया बाट दिक्क किसान

कास्की वडा नं २४ कास्किकोटमा किसानले गाँउको उत्पादनलाइ गाँउकै चौतारोबाट बेच्न शुरु गर्न थालेका छन् । लोकल सागपात,कांक्रा, गोलेभेडा, करेला,हरियो खुर्सानि,कर्कलो,गुन्द्रुक,इस्कुस लगायत का अर्गानिक तरकारी कास्कीकोट को चौतारामा बिक्री हुन्छ ।

पोखरा देखि बाग्लुङ बेनी लगायतका ठाँउमा आउने जानेले उक्त उत्पादन खरिद गर्ने गरेको चौतारोमा तरकारी बेच्दै गर्नु भएकी स्थानिय माया नेपालीले बताउनु भयो । “चौतारोमा बस्ने ५ जना छौ, आफनै घरको उत्पादन र गाँउबाट पनि खरिद गछौ, दैनिक २० देखि ३० हजारको व्यापार हुन्छ, बजारको भन्दा २० देखि ३० रुपैया सस्तो मूल्यमा दिन्छौ,।” पोखराबाट तरकारी किन्नकै लागी मात्र गाडी लिएर केहि ब्याक्ति आउने गरेको उहाँले बताउनु भयो ।

दिनमा कम्तीमा ५० देखि ६० केजी तरकारी बेच्ने गरेको व्यवसायी आन्नद नेपालीले घर खर्च चलाउन सजिलो भएको बताउनु हुन्छ । ‘मैले यहि सजिनबाट शुरु गरेको हो, दिनमा २ हजार जति नाफा आउछ, परिवारको खर्च जोहो भएको छ, खुशी छु ,। उहाँले भन्नु भयो । पैदल यात्री लगायत गाडीमा आउने जानेले खुशी सगै उत्पादन लैजाने गरेको उहाँले बताउनु भयो ।

खाना नफालौ अभियानका अभियन्ता तथा अन्नपुर्ण गाँउपालिकाका अध्यक्ष युँवराज कुँवर हरेक दिन तेहि बाटोबाट आवतजावत गर्नु हुन्छ, उहाँले भन्नु भयो, तरकारी र उहाँहरुको मिहिनेत देखेर खुशी लाग्छ ,मलाइ आवश्यक भएको कहिलेकाहि किन्ने गरेको छु , हामीले यसैगरि कृषि उत्पादनमा लाग्ने र उत्पादन नफाल्ने हो भने कोहि भोकै बस्नु प्रदैन,।

वडा नं २४ का वडा अध्यक्ष ओम सुवेदीले उक्त वडामा यो वर्ष ८ लाख केजी तरकारी उत्पादन भएको बताउनु भयो । उहाँले भन्नु भयो, यो वर्ष किसानले राम्रो मूल्य पाए, कोरोनाको भयले लकडाउनका हुदा र गाडी राम्रो संग संचालन हुन नपाउदा विचौलीयाका समस्या भएन्, बिचौलीयाबाट दिक्क किसान खुशी छन् , किसानलाइ २० रुपैया दिने आफूले १०० रुपैयामा बेच्थे,।

बिचौलीका कारण किसानको उत्पादनले मुल्य नपाएको स्वयम अध्यक्षको भनाइ छ । महानगरको पहलमा संकलन केन्द्र स्थापना गर्ने योजना रहेको सुवेदी बताउनु हुन्छ । “कास्कीकोट छोडेर जानेहरु पनि पुन गाँउ फर्किनु भएको छ , विदेशबाट फर्किएका युवा पनि व्यवसाय ढंगले उत्पादन गर्न लाग्नु भएको छ ,आत्मर्निभर वन्ने प्रेरणा दिएका छौ,।” कास्कीकोटमा १३० वटा कृषि फर्म दर्ता छन् । ५ सय ५० तरकारी टनेल र १ सय जति कुखुरी फर्म रहेको अध्यक्ष सुवेदीले जानकारी दिनु भयो ।

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     9:40:05 AM

Tara Chapagain

See all posts by