स्तनपान सप्ताह ः कोरोना संक्रमितको आमाले पनि स्तनपान गराउन सक्छन्

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका गर्भवती महिला वा बच्चा जन्मिएका महिलालाइ दुध खुवाउनु पर्छ भन्ने सचेतना फैलाउन उदेश्यले विश्व स्तनपान सप्ताह यतिवेला चलिरहेको छ । पछिल्लो समय शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने जानकारी हुदाहुदै पनि स्तनपान गराउन चाहदैनन् ।

बाल रोग विशेषज्ञ डां किरण शर्मा भन्नु हुन्छ , “ आमाको दुध बच्चाको लागी अमृत समान हो । शिशुलाई जन्मेको ६ महिनालाई चाहिने पोषण आमाको दूधबाट प्राप्त हुन्छ, आमाको दूधमा पाइने बिगौती दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) क्षमता हुन्छ, स्तनपानले रोगहरू लाग्नबाट रोक्न र मस्तिष्कको विकासमा मद्दत गर्दछ” ।

उहाँका अनुसार आमाको दुधबाट बच्चाले कार्वोहाइडेट, प्रोटिन लगायत रोग संग लडन सक्ने थुप्रै पोषण तत्व पाउछ । डां शर्मा भन्नु हुन्छ, निर्मल डेलिभरी भएर बच्चा जन्मिएको छ भने आधा घण्टा र अपरेशन बाट हो भने ४ घण्टा भित्र स्तनपान गराउनु पर्छ । डां शर्माका अनुसार, आमाले स्तनपान गराएको बच्चा र ल्याक्टोजिन जस्ता अन्य थुप्रै चिजहरु खुवाएको बच्चा भन्दा दुब्लो देखिएपनि हेल्दि र इम्यनिटि पाँवर बढि हुन्छ । बच्चालाइ दीघृरोग , मधुमेह, धम्की,दम जस्ता रोग लाग्नबाट बचाउछ ।

जिल्ला जनस्वाथ्य कार्यलय कास्कीका प्रमुख बाबुराम आचार्यले, अन्य देशको तुलनामा नेपालमा स्तनपान गराउने महिलाहरुको संख्या बढि नै रहेको जानकारी दिनु भयो । “अन्य देशको तुलनामा नेपालमा बढि नै छन्, तर पछिल्लो बच्चालाइ स्तनपान गराउदा शरिरको बनावट विग्रने सोचले पनि स्तनपान गराउन नचाहने भएकोले स्तनपान गराउनेको संख्याबृद्धि हुदै गएको छ , अर्कोतिर शहरीया महिलाहरु कामकाजी भएर यो संख्या घटेको हो,। ”

आचार्यका अनुसार , सरकारले सुत्केरी बिदा बढाएर ९० दिन पुर्याएको छ । हरेक आमाको प्रमुख दायित्व भनेको शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनु हो,। उहाँले शहरमा भन्दा गाँउमा बच्चाहरुलाइ स्तनपान गराउनेको संख्या बढि भएको बताउनु भयो । अपरेशनबा बच्चा जन्माउने गरेकाले पनि बजार पाउने (फर्मुला फ्रडिङ) ल्याक्टोजिन लगायत खुवाउने गरेको उहाँको भनाइ छ ।

संक्रमित आमाले पनि स्तनपान गराउन सकिने
डां शर्माका अनुसार आमालाइ कोरोना संक्रमित भएको शंका वा पुष्टि भएको अवस्थामा पनि आमाहरूले आफ्ना शिशुहरूलाई स्तनपान गराइराख्नु जरुरी छ ।
उहाँ भन्नु हुन्छ, “कोभिड १९ संग लडने कुनै औषधी छैन्, आमाको दुध भन्दा पौष्टिक कुनै इम्युनिटि पावर हामी चाहेर पनि बनाउन सक्दैनौ, यदि आमा संगै संक्रमण रोग छ भनेपनि एन ९५ मास्क लगाएर बच्चालाइ स्तनपान गराउन सकिन्छ।”

स्तनपान गराउदा आमालाइ हुने फाइदा
स्तनपान गराउदा बच्चालाइ मात्रै नभइ आमालाइ पनि उत्तिकै फाइदा पुग्ने डां शर्मा भन्नु हुन्छ, ‘स्तनपान गराउदा स्तन तल झर्ने भन्ने सोच गलत हो, महिलाले स्तनपान नगराएर फिगर मेन्टेन हुने होइन्, स्तनपानले फिगर मेन्टन गर्छ बरु बिर्गादैन्,’। पछिल्लो समय शहर क्षेत्रमा केहि महिलाहरु स्तनपान गराउन चाहदैनन्, तर बच्चालाइ स्तनपान गराउदा गर्भवती अवस्थामा बढेको शरिर, पाठेघर ठुलो भएको हुन्छ, बच्चालाइ दुध चुसाउदा ६ हप्तामा भित्र पाठेघर निर्मल साइजमा आउछ ,बोसो, हर्मनलाइ लेवलमा राख्छ । थाइराइड, डाइवटिज, जस्ता समस्या समाधान हुन्छ । स्तन चुसाउदा बच्चाको ममता वा लगाव बढने उहाँको भनाइ छ । डां शर्मा भन्नु हुन्छ, महिलामा हुने स्तनक्यान्सर, पाठेघरको क्यान्सर हुने संभावनालाइ रोक्न मदद्त गर्छ ।

प्रकाशित मितिः शनिबार, साउन २४, २०७७     7:59:32 AM

Tara Chapagain

See all posts by