‘छोइनसक्नु भयो तरकारी’ स्थानिय उत्पादन झनै मंह्गो

पोखरामा तरकारीको मूल्यबृद्धि भएसगै उपभोक्तता मारमा परेका छन् । उसो त हरेक वर्ष यो सिजनमा तरकारीको मूल्यबृद्धि नै हुने गर्छ । तर यस पटक कोरोनाको कहर बाढिपैरो यातायात लगायतको समस्याको कारण तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताको अनुमान छ ।

तरकारी छोइनसक्नु छ , मूल्य बृद्धि त गतवर्षहरुमा पनि हुन्थियो, तर यो पटक सारै भयो, कसरी खाने हो ? पोखराको सिद्र्धाथचोक फेवा एग्रिकल्चरमा तरकारी किन्दै गरेकी सिता अधिकारीले भन्नु भयो । व्यापारीलाइ त खासै घाटा छैन्, होला आखिर महंगीले मर्ने त उपभोक्ता नै हो , उहाँले थप्नु भयो ।

सोहि स्थानमा १८ वर्ष देखि तरकारी पसल गर्दै आएका नारायण प्रसाद बास्तोलाले मूल्य बृद्धिका कारण व्यपार घटेको गुनासो गर्नु भयो , उहाँले भन्नु भयो, “तरकारी सस्तो भए मात्र व्यापार बढि हुने हो, महंगो भएपछि ग्राहक कम आउछन्, थोरै किन्छन्, अन्य बेला दिनमा ५० हजारको व्यापार हुन्थियो, अहिले १० हजार पनि भएको छैन् । ”

उहाँले यो महामारीको स्थिती अनुसार यस्तो अवस्थामा तरकारी पाउनु नै ठुलो उपलब्धी मान्नु पर्ने बताउनु भयो । विगत १७ वर्षदेखि तरकारी व्यवसाय गर्दै आएकी भगवती सेडाइ पनि मुल्य बृद्धिका कारण व्यापार घटेको बताउनु भयो ।

अर्का उपभोक्ता सुशिला भण्डारीले तरकारीको मूल्यमा आकाशिदा समबन्धित निकाय उपभोक्ता महासंघले ध्यान दिनु पर्ने उहाँको भनाइ छ । कृषि उपज बजार पोखराका अध्यक्ष दुर्गा कर्णेलले यतिबेला तरकारी फलफूलको मूल्यबृद्धि हुने सिजन नै रहेको बताउदै कोरोनाका कारण काठमाडौ, धादिङ लगायतका ठाँउबाट तरकारी समयमा नपुग्ने र समयमा नपुग्दा कुहिने भएकोले पनि मूल्य बडि पर्न गएको उहाँले बताउनु भयो । “आवश्यकता भन्दा कम तरकारी आउने, बाटोको असुविधा र स्थानिय उत्पादन कम भएको छ ।” उहाँले कास्कीमा ७५ प्रतिशत तरकारी बाहिरबाट आयात हुने जानकारी दिनु भयो ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाले अनुगनको क्रममा व्यापारिहरु संग मूल्यबृद्धिको विषयमा कुरा गर्दा खरिद नै मंहगो भएको बताउने गरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो , “हामीले अनुगमन गरिरहेका र्छौ, तराइ लगायत पहाडका अन्य क्षेत्रबाट पनि प्रस्शत तरकारी आयात भएको छैन्,अवस्था यस्तो छ ,।

“अनुममनका क्रममा खरिद मुूल्य सगै बिक्रीमूल्य पनि हेरेका छौ, स्थानिय उत्पादनले यतिबेला राम्रो मूल्य पाएको छ, तर पनि बाहिरबाट आउने तरकारी नआउदा यहाँका उत्पादनलाइ बढि मूल्य नलिए हुन्थियो,।” कम मार्जीन राखेर उपभोक्तालाइ तरकारी बिक्री गरि दिनु हुन कोइरालाले आग्रह छ । कास्की तरकारीको मूल्य टमाटर , १२० , काउली २०० टुसा ६० घिरौला १०० भिण्डी १०० लौका ८०, करेला १००, प्याज ४० र फलफूलमा अनार २५० , स्याउ ४५० केरा १०० रहेको छ ।

प्रकाशित मितिः बुधबार, साउन २१, २०७७     4:13:47 PM

Tara Chapagain

See all posts by