जलकुम्भिले ढपक्कै छोप्यो फेवताल

पोखराको फेवताल यतिबेला जलकुम्भि झारले ढपक्कै ढाकेको छ । अविरल वर्षा पानीको बेग सगै अधेरीखोला ,हर्पनखोला, लौरुक खोला वेतयानीखोलाको मुहानबाट बाढिहरु सगै जलकुम्भि फेवतालमा आउने गर्छ । कोरोना महामारीका कारण यतिबेला ढुङ्गगा चलेका छैनन् तालमा राखिएका ढुङ्गगा समेतलाइ जलकुम्भिले ढाकेको छ । गत वर्षपनि तालमा अत्याधिक जलकुम्भि झारले ताललाइ कुरुप बनाउदा पोखरा महानगरपालिकाले ताल सरसरफाइका लागी अग्रता देखाएको थियो ।

पोखरा महानगरपालिकाका मेयर उपमेयर लगायतको १३ सदस्यी समितिले फेवताल सरसफाइलाइ अभियानको रुपमा झार निकाल्ने काम भएको थियो । अभियानमा पोखरा विभीन्न संघ संस्था पर्यटन व्यवसायी लगायतले साथ दिएका थिए । महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले लकडाउनको समयमा जलकुम्भि निकाल्न जलारीहरुलाइ ज्यालारुपी काममा लगाएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “लकडाउनको समयमा जलारीलाइ राहत होला भनेर काममा लगायौ, ताल सफा पनि भयो र उनीहरुले काम पनि पाए, अब बाकी जलकुम्भि हटाउने विषयमा कुनै निर्णय भएको छैन् ।”

फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर जलारीले फेवातालमा पानीको सतहसँगै वर्षेनी जलकुम्भी झार तालको माथिल्लो क्षेत्रमा रहेको सीमसार क्षेत्रबाट बाढीसँगै बगेर फेवातालमा आउने गरेको बताउनु हुन्छ ।फेवातालमा वर्षौदेखि जलकुम्भी सग अर्को बन्दा झार पनि उत्तिकै आउने गरेको जलारी बताउनु हुन्छ । “झारले डुंगा चलाउन गाहे गर्छ ,झारमा जाल अड्किने, च्यातिने हुन्छ,। जलकुम्भि झारले ताललाइ कुरुप बनाउने सगै माछालाइ पनि असर गर्ने हाम्रो पेशा पनि संकटमा पर्छ ।” उहाँले बन्दाबन्दीको समयमा महानगरले ५ लाख बराबर रकमको जलकुम्भि फाल्ने काम लगाएको बताउनु भयो । “२० लाखमा सकिने जतिकाम छ ,५ लाखले मात्र सबै झार सकिएन् जति लगायो तेति गरियो ।”

तालको सुन्दरता हराउदै गएको सांसद राजिव पहारी बताउनु हुन्छ , तालको किनारामा मै जन्मिएका स्थानिय पहारी जलकुम्भी झारले ताल ढाक्दा तालको सुन्दरता कुरुप बनाएकोमा दुख लाग्ने बताउनु भयो । “ जलकुम्भि हटाउने दीघृकालिन समाधान खोज्नु पर्छ, यसको स्थायी ब्यवस्थापनको उपाय नभएसम्म हरेक वर्ष यस्तै हो ” । उहाँले भन्नु भयो ।

पोखरा महानगरपालिकाले १ करोड खर्च गरेर झार फाल्ने फ्लोडिङ मेसिन ल्याएर केहि समय प्रयोग गरेको थियो । उक्त मेसिन प्रभावकारी बन्न नसक्दा अहिले तेसै थन्किएको छ । वडा नं ६ का वडा सदस्य हरि पहारीले गत वर्ष बेगनासतालमा झार निकाल्ने क्रममा मेसिन डुब्दा बिग्रन गएको बताउनु भयो । “मेसिन बिग्रीयो बनाएर ल्यायौ, पुन बिग्रीएर बनाउन लगिएको छ, आएपछि झार फाल्ने काम शुरु हुन्छ ,। ”

प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७     7:29:00 AM

Tara Chapagain

See all posts by