पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन

उपकुलपती नियुक्तिको माग गर्दै पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा बसेको पनि आइतबार ११ दिन पुगेको छ ।
१० महिना देखि रिक्त रहेको उपकुलपति, रजिष्टार परिक्षा नियन्त्रक सहित ४ वटा संकायको डिन नियुक्तिको माग गर्दै विगत चार दिनदेखि विद्यार्थीहरु नेता अनशन बसिरहेका छन् ।

पाँच वटा संकायमा पढाई हुदै आएको विश्वविद्यालयमा ब्यबस्थापन (म्यानेजमेन्ट) संकाय, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकाय, स्वास्थ्य विज्ञान (हेल्थ साइन्सेस) संकाय र मानविकी (ह्युमानिटी एण्ड सोसल साइन्सेस) संकायका डिनहरु रिक्त रहेका हुन् । विद्यार्थीहरुले उपकुलपति नहुँदा अध्ययन, अध्यापन प्रभावित भएको, परिक्षा हुन नसकेको, परिक्षाफल प्रकाशन लगायतका कार्य समयमा हुन नसकेको पोखरा विश्वविद्यालय नेवि संघको विद्यार्थी नेता राजिव भण्डारीले जानकारी दिनुभयो ।

“विकल्प छैन्, ४० हजार विद्यार्थीको भविश्य र विश्वविद्यालय बचाउनका लागी अनशन बस्नु परेको हो ।” बिद्यार्थीको मागको सम्बोधन गराउन केन्द्रिय तहको नेतालाई समस्याको समाधान तर्फ ध्यानआर्कषण गराउन अनशन बस्नु परेको बताउनु भयो ।

११ दिन पनि रिले अनसन जारी रहेको छ । शुक्रबार अनसनमा एक्यवद्धता जनाउन कास्की पाँचैवटा स्थानिय तहका निर्वाचित तथा प्रत्यासी प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्ष, सदस्यहरु पोखरा विश्वविद्यालय पुगेको भण्डारीले बताउनु भयो । बिहान ६ बजेदेखि १२ बजेसम्म र १२ बजेदेखि साँझ ६ बजेसम्म र साँझ ६ बजेबाट बिहान ६ बजेसम्म ३ सिफ्टमा अनशन बसेको भण्डारीले जानकारी गराउनु भयो ।

प्रकाशित मितिः आइतवार, साउन १८, २०७७     2:39:39 PM

Tara Chapagain

See all posts by